News राजनीति

ओलीको फुर्तीः हामीले चाहे एक हप्ताभित्र सरकार ढल्छ

ओलीको फुर्तीः हामीले चाहे एक हप्ताभित्र सरकार ढल्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् ।

एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् । ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं’ उनले भने ।

तर एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने ओलीको भनाइ छ । उनले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरे। उनले अरू कसैले बहुमत ल्याउन नसक्ने तर एमालेले ल्याउने दाबी गरेका हुन्।

‘एमालेकै कतिपय नेताले आगामी चुनावमा कुनै पार्टीले बहुमत ल्याउँदैनन् भनेर गल्ती बोल्ने गरेका छन’,उनले भने,  ‘हाम्रै साथी पनि कसैले बहुमत ल्याउँदैन भनेर पाक्कपुक्क बोल्दिन्छन्। एमालेबाहेक अरूले बहुमत ल्याउँदन भन्नुपर्यो। गल्ती बोल्नुभएन नि।’

ओलीले माओवादीले एउटा वडा पनि जित्न गाह्रो हुने भनेर प्रचण्डले बोलेको भन्दै आफूले त्यो ठीकै कुरा हो भन्दिएपछि अब देशकै ठूलो पार्टी बन्ने गफ दिन थालेको बताए ।
 

विशेष