News

गान्धी जयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना

गान्धी जयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना

१५२औं गान्धी जयन्तीको अवसरमा नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक ६ दिने कला प्रदर्शनीको आयोजना गरिएको छ।

भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले आयोजना गरेको कला प्रदर्शनीको नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य खम्पाले शनिवार उद्घाटन गरेका छन् ।

प्रदर्शनी असोज १७ देखि २२ गते सम्म खुला रहनेछ । उक्त अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा ‘स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम’ को आयोजना गरिएको थियो। 

यसैगरी, भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले सोही भवनमा रक्तदान शिविरको आयोजना गर्यो । उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरुको सहभागीता थियो । 

यस्तै, नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो । पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना भयो । 
    
शनिवार बिहान भारतीय दुतावास प्राङ्गणमा रहेको गान्धीको शालिकमा दूतावासका अधिकारीहरूले माल्यार्पण गरेर सम्मान प्रकट गरेका थिए । 

प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले ‘आजादी का महोत्सव’ को रुपमा गान्धी जयन्ती मनाइरहेको छ।

१५२औं गान्धी जयन्ती

विशेष