News

कलैलायमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पुतला जलाईयो

कलैलायमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पुतला जलाईयो

बाराको कलैयामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान र प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी विरुद्ध प्रदर्शन गरिएको छ। मदरशा शिक्षा विधेयकको विरोध गर्दै राष्ट्रिय एकता अभियानले पाकिस्तानी प्रधानमन्त्री खान र मुख्यमन्त्री राउतको पुतलासमेत जनाएको छ।

प्रदर्शनका क्रममा ‘इमरान खान–मुर्दावाद, मदरसा शिक्षा विधेयक–फिर्ता गर, प्रदेशलाई आफ्गानिस्ता बनाउने मुख्यमन्त्री–राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री–मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री–राजीनामा दे, संघीय हिन्दू गणतन्त्र–जिन्दावाद’ लगायतका नारा लगाईएको थियो ।

प्रदर्शन र पुतला दहनपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरे। पाकिस्तानको इशारामा प्रदेश–२ लाई अफ्गानिस्तान बनाउन खोजिएको भन्दै उनले आपत्ति जनाए ।

‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान उत्पादन केन्द्र बनाउन खोजेका छन्’ उनले भने–‘यस्ता भ्रष्ट मुख्यमन्त्री पदमा बसीरहनुको कुनै औचित्य छैन।’

उनले प्रदेश–२ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप पनि लगाए ।

अन्य वक्ताहरुले विश्वका अधिकांश देशमा मदरसामाथि प्रतिबन्ध लागिरहेको बेला हिन्दूराज्यमा मदरसा शिक्षा विधयेक ल्याई प्रदेश–२ लाई तालिबान संस्कृतितिर धकेल्न खोजिएको आरोप लगाए । कार्यक्रममा गोपाल दास, परमानन्द साह, ब्रिजकिशोर साह, कमलेश सहनी, अभियान निकट राष्ट्रिय विधार्थी परिषद्का संयोजक विवेक कुशवाहा,पर्सा जिल्ला संयोजक श्याम किशोर तिवारी लगायतको उपस्थिति रहेको थियो।
 

इमरान खान

विशेष