News

वावुरामलाई वास्कोटाको जवाफ– ओली क्रेज र एमालेप्रतिको आकर्षणपछिको छटपटी

वावुरामलाई वास्कोटाको जवाफ– ओली क्रेज र एमालेप्रतिको आकर्षणपछिको छटपटी

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रोईलो सुरु गरेका छन् । उनले एमाले महाधिवेशनलाई कुम्भमेला भन्दै कटाक्ष गरेका छन्।

सामाजिक सञ्जा ट्वीटरमा महाधिवेशन प्रति प्रतिक्रिया जनाएका भट्टराईले एमालेको विधान महाधिवेशनलाई ‘खड्गप्रसादको कुम्भमेला’ भनेका हुन्। उनले अहिले भइरहेको विधान महाधिवेशन निभ्ने बेलाको बत्ती भएको पनि टिप्पणी गरेका छन्।

भट्टराईले लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई भ्रममा पारे पनि देशले ठूलो मूल्य चुकाउनुपर्ने बताए। ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ।’– उनले लेखेका छन् । 

विधान महाधिवेशन नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेल भएको भट्टराईले बताएका छन्। उनले लेखेका छन्–‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्ततः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो। चेतना भया।’

एमाले नेता तथा पुर्वमन्त्री गोकुल प्रसाद वास्कोटाले भने भट्टराईको अभिब्यक्ति एमाले र ओली प्रतिको क्रेजको छटपटी भनेका छन् । उनले कसैको नाम नलिईकन ट्वीटरमा भट्टराईलाई जवाफ दिएका छन् । ‘एमालेको चालु महाधिवेशनकाबारे विपक्षी दलका केही नेता कार्यकर्ताको नकारात्मक प्रतिकृया र ओली क्रेजप्रतिको छटपटी देख्दा म हर्षविभोर छु। यसर्थ कि तीनको आंकलन फेल खांदैछ र एमालेप्रति आमजनताको आकर्षण दुबोसरी फैलदो छ।’ उनले लेखेका छन्।

विधान महाधिवेशन

विशेष