News

सानिमा वैंकका सिइओले वुझेको वोनस र सुविधा अपार्दर्शी

सानिमा वैंकका सिइओले वुझेको वोनस र सुविधा अपार्दर्शी

शंकास्पद कारोवारका कारण विवादित वनेको सानिमा वैंकका सिइओ तथा अन्य कर्मचारीले वोनस रकम समेत अपार्दर्दी रुपमा लिने गरेको पाईएको छ।

सीईओ भुवन दाहालले गत आर्थिक वर्षमा तलव मात्रै १ करोड ८४ लाख १५ हजार रुपैयाँ वुझेका थिए । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार उनले झण्डै ५० लाख रुपैयाँ बराबरको बोनस रकम समेत वुझेका छन् ।

त्योबाहेक बैंकले दिएका महँगा गाडि, चालक, पेट्रोल, टेलिफोनलगायतका सुविधा समेत दाहालले प्रयोग गर्दै आएका छन् । कोरोना कालमा समेत उनले १ करोड ४६ लाख तलबवापत बुझेका थिए । कोरोनाले आर्थिक क्षेत्र तहस नहस बनाएका वेला केन्द्रीय बैंकसँग विशेष सुविधा लिएर सिइओ दाहालले आफनो सुविधा भने उपभोग गरिरहेका थिए ।

कोरोनाले बैंकिङ क्षेत्रमा असर पारेको भन्दै रोइकराई गर्ने समूहको नेतृत्व गर्ने दाहालले आफु भने खुलमखुल्ला पौने करोड रुपैयाँ थपेर तलब र भत्ता बुझेको विवरण प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकको निर्देशनबमोजिम सीईओले बुझ्ने सबै सुविधा र रकम बैंकको वार्षिक प्रतिवेदनमा अनिवार्य रुपमा अंकमा लेख्नुपर्छ । तर, दाहालले सानिमा वैंकवाट वुझेको वोनस र अन्य सुविधा स्पष्टसँग उल्लेख समेत गरिएको छैन ।
यो पनि

सानिमा वैंकको अबैद्य कारोबारमा राष्ट्र वैंकको वेवास्ता

विशेष