News

अभियानका अध्यक्षलाई तत्काल रिहा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी

अभियानका अध्यक्षलाई तत्काल रिहा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी

राष्ट्रिय एकता अभियानले आफ्ना अभियन्ता पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय अध्यक्ष विनय यादवसहित ४१ जना अभियन्तालाई पक्राउ गरी प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

बंगलादेश, पाकिस्तान तथा विभिन्न राष्ट्रहरुमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनालाई लिएर प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेश र पाकिस्तानको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन तथा प्रदर्शन गरिरहेको बखत अभियानका केन्द्रिय अध्यक्षसहित ४१ जना नेता÷कर्याकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको घटना निन्दनिय रहेको छ ।’

बंगलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायको अस्थामाथि चोट पु¥याएको अभियानकी केन्द्रीय उपाध्यक्ष साहले बताइन् । बंगलादेशमा हिन्दूहरुले आयोजना गरेको पूजास्थलमा संगठित रुपमा हमला गर्दै आएको घटनाविरुद्ध प्रदर्शन गर्नु कुनै अपराध नरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनको क्रममा पक्राउ परेका अभिानका केन्द्रीय अध्यक्ष यादवसहितका नेता÷कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न अभियानले माग गरेको छ । अभियानका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने उपाध्यक्ष साहले चेतावनी दिएकी छिन् । 

यसअघि बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गर्दै अभियानका केन्द्रीय संयोजक यादव नेतृत्वको टोलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री हसिना समक्ष आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न ज्ञापन पत्र बुझाएको थियो ।
 

विनय यादव सुनिता साह

विशेष