News

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराई बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहेका थिए । तर, आराम गर्दा पनि ज्वरो नघटेपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उनी वीर अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ । 
 

विशेष