News

सिके राउतलाई कारवाही गर्न माग गर्दै जनकपुरमा इन्जिनियरहरुको प्रदर्शन

सिके राउतलाई कारवाही गर्न माग गर्दै जनकपुरमा इन्जिनियरहरुको प्रदर्शन

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि दुर्ब्यवहार गर्न कार्यकर्ता खटाउने जनमत पार्टीका अध्यक्ष डा सीके राउतलाई कारवाही गर्न इन्जिनियरहरुले माग गरेका छन् ।

कुशवाहामाथि भएको दुर्ब्यवहार विरुद्ध आन्दोलित भएको इन्जिनियरहरुले राउतको इन्जिनियरिङ परिषद्को दर्ता प्रमाणपत्र खारेज गर्न माग गरेका छन् ।

शुक्रवार जनकपुरधाममा प्रदर्शन गरेका उनीहरुले सीके राउतविरुद्ध चर्को नाराबाजी गरे। ‘पीडित इन्जिनियरलाई न्याय दे, सीके राउतलाई कारबाही गर, इन्जिनियर सुरक्षाको ग्यारेन्टी गर, सीके राउतको इन्जिनियरिङ दर्ता खारेज गर’ लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्।

इन्जिनियरसमेत रहेका जनमत पार्टीका अध्यक्ष राउतले इन्जिनियरिङ पेसाको गरिमा र मर्यादा हनन गरेकाले उनको नेपाल इन्जिनिरिङ परिषद्को दर्ता प्रमाणपत्रसमेत तत्काल खारेज गर्न नेपाल इन्जिनियरिङ परिषद्सँग माग गरेका छन्।

इन्जिनियरहरूको जुलुस नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सीके राउतमाथि कारबाही माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

जनमत पार्टीका कार्यकर्ताले बिहीबार कार्यालयमा पसेर तोडफोड गर्दै निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाई हिलो लगाएर नगर परिक्रमा गराएका थिए। 
 

सीके राउत

विशेष