News विदेश मुख्य समाचार

हङकङमा विवादित सुरक्षा कानुनमा पक्राउ गरेकालाई तत्काल रिहा गर्न ध्यानाकर्षण

हङकङमा विवादित सुरक्षा कानुनमा पक्राउ गरेकालाई तत्काल रिहा गर्न ध्यानाकर्षण

 

हङकङ- चिनियाँ अधिकारीहरुले विवादित सुरक्षा कानुन अन्तर्गत पक्राउ परेका अधिकारीकर्मीहरुलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्र मानवअधिकार विज्ञहरुले ध्यानाकर्षण गराएका छन्।

राष्ट्र संघका मानव अधिकार विज्ञहरुले हङकङमा प्रजातन्त्र समर्थक अधिकारकर्मीहरु र महिला मानव अधिकार रक्षक चाउ हाङ तुङको पक्राउलाई रिहा गर्न माग गरेका हुन्। चिनियाँ अधिकारीहरुले हाङ तुङलाई तोडफोडको लागि उत्तेजित गरेको र  एक विदेशी एजेन्ट भएको आरोपमा पक्राउ गरेका थिए। 

उनको पक्राउ गर्नुलाई लोकतन्त्रमाथिको प्रहार भएको उल्लेख गर्दै उनको रिहाइ गर्न आग्रह गरिएको छ। चाउ, एक मानव अधिकारवादी वकिलसमेत हुन्। उनलाई सेप्टेम्बर ८, २०२१ मा पक्राउ गरिएको थियो। उनी हङकङ गठबन्धनकी एक सदस्य थिइन्, एक वकालत समूह जसले १९८९ मा तिआनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई लक्षित गरी दीप प्रज्‍वलन गरेकी थिइन्। 

उनीसँग अन्य धेरै कार्यकर्ताहरुलाई यस्तै गरी गिरफ्तार र राष्ट्रिय सुरक्षा कानुनको उल्लंघन गरेको आरोप लगाइएको छ। 

चीनले हङकङमा आतंकवाद र राजद्रोहको आरोपहरु लगाएर, मौलिक अधिकारहरु कुण्ठित गर्दै अभिव्यक्ति र विचारको स्वतन्त्रता, शान्तिपूर्ण सभाको स्वतन्त्रता र सार्वजनिक मामिलामा भाग लिने स्वतन्त्रतासहित अन्तर्राष्ट्रिय कानुनको अभ्यासलाई प्रतिबन्ध लगाइएको छ।

https://www.aninews.in/news/world/asia/rights-experts-raise-concern-over-arrest-of-hong-kong-activist-chow-hang-tung20211013063344/#:~:text=Geneva%20%5BSwitzerland%5D%2C%20October%2013,and%20being%20a%20foreign%20agent.

विशेष