News विदेश

तालिबान राजमा सिख समुदाय त्रसित, गुरुद्वाराको प्रवित्रता भङ्ग गरियो

तालिबान राजमा सिख समुदाय त्रसित, गुरुद्वाराको प्रवित्रता भङ्ग गरियो

काबुल । अफगानिस्तानमा तालिबान राजपछि लगातार अल्पसंख्यक सिख समुदायलाई डर देखाउने र धमकाउने काम भइरहेको छ। ताजा घटनाक्रम अनुसार अफगानिस्तानको राजधानी काबुलमा गुरुद्वारामा प्रवेश गरेर पवित्रता भंग गर्नुका साथै समुदायलाई धमकाइएको छ।

इण्डिया वर्ल्ड फोरमका प्रमुख पुनीत सिंह चंडोकले भने, आफैलाई इस्लामिक अमीरात अफ अफगानिस्तानको स्पेशल यूनिटको हिस्सा बताउने हतियारधारीहरू गुरुद्वारा दशमेश पितामा जबरजस्ती प्रवेश गरे। राजधानी काबुलमा करते परवतस्थित गुरुद्वाराको पवित्रता भंग गर्दै उनीहरूले सिखहरूलाई धमकाए।
चंडोकले भने, यीनीहरू गुरुद्वारानजिकै रहेको पूर्व सांसद नरिन्दर सिंह खालसाको कार्यालय र घरमा प्रवेश गरे। इण्डिया वर्ल्ड फोरमका अध्यक्षले भने, यो गुरुद्वारामा सिख समुदायका लगभग 20 सदस्य उपस्थित छन्। उनले भारत सरकारसित अफगानिस्तानमा रहेका हिन्दू र सिखहरूलाई लिएर चिन्ता व्यक्त गर्न र सर्वोच्च स्तरमा अफगानिस्तानका समकक्षहरूसित कुरा राख्न अपील गरेका छन्।

विशेष