News

गोल्छाको स्मार्ट ठगी : पुराना ल्यापटपलाई नयाँ भन्दै बेच्दै 

गोल्छाको स्मार्ट ठगी : पुराना ल्यापटपलाई नयाँ भन्दै बेच्दै 

आफ्नो कामलाई छिटो–छरितो र गुणस्तरीय बनाउन ल्यापटप तथा कम्प्युटर मानिसका लागि अनिवार्यजस्तै भैसकेको छ । कोरोना महामारीका कारण विश्वमै धेरै काम भर्चुअल माध्यमबाट हुन थालेपछि यसको आवश्यक्ता अझै वढेर गएको छ।

नयाँ ल्यापटप किन्दा कस्तो ल्यापटप किन्ने, कुन किन्ने भन्ने दोधार हुन्छ । तर, अधिकांश नेपाली उपभोक्तालाई ल्यापटप वा कम्प्युटरको वारेमा धेरै जानकारी छैन। वजारमा हरेक दिन नयाँ–नयाँ प्रविधि तथा फिचर्स भएका कम्प्युटर र ल्यापटप आएका हुन्छन्।  हामीलाई आवश्यक्ता पर्नासाथ वजारमा जाने र क्षमता अनुसारका कम्प्युटर र ल्पापटप किन्ने चलन छ। 

सामान्य खालका सतही कुराहरुको वारेमा जानकारी लिएर हामी त्यस्ता कम्प्युटर र ल्यापटप खरिद गर्ने गर्छौ । तर, खरिद गरेको केहि समयपछि नै कम्प्युटर÷ल्यापटप स्लो तथा ह्याङ हुने समस्या देखिने गरेको छ। यदि किनेको केही दिनमै यस्ता खाले समस्या भोगिरहनु भएको छ भने पप्कै पनि तपाई ठगीमा पर्नु भएको हुन सक्छ।


नेपालमा ल्यापटप तथा कम्प्युटरको विक्रि वितरण गर्दै आएको ललितपुरको समता भवन स्थित नियोटेरिक नेपाल प्रालीले उपभोक्तालाई ठगी गर्ने गरेको पाईएको छ।

गोल्छा अर्गनाईजेसनद्वारा सञ्चालित नियोटेरिकले अत्याधुनिक प्रविधियुक्त सामान वेच्ने नाममा रिफर्विस्ड (मर्मत गरिएको) ल्यापटप र कम्प्युटर वेच्ने गरेको पाईन्छ। वजारमा आउने नयाँ–नयाँ प्रविधिका ल्यापटप र कम्प्युटर प्रयोग गर्न खोज्ने उपभोक्ताको मानविय स्वभावलाई नियोटेरिक प्रालिले क्यास गर्न रिफर्विस्ड सामान नयाँ भनेर विक्रि गर्ने गरेको जानकारहरु वताउँछन् ।

‘नयाँ सामान वजारमा आउनासाथ उपभोक्ताले आफुसँग भएको पुरानो अथवा समस्या देखिएका सामान पसलमा दिन्छन र नयाँ सामान खरिद गर्छन। पुरानो सामान लिदा पसलले ५० प्रतिशत भन्दा कम मुल्यमा किन्छ र यसमा पनि मार्जिन खान्छ’ श्रोत भन्छ–‘अनि उपभोक्तासँग लिएको त्यही पुरानो सामानलाई रिफर्विस्ड गरेर नयाँको मुल्यमा विक्रि गर्छ। यसरी एउटै समानवाट पटक पटक नाफा निकाल्ने ठी ब्यापार अहिले नेपालमा अध्याधिक वढेको छ।’


नियोटेरिकले पुरानो ल्यापटपमा हाउजिङसहित फेर्न मिल्ने र आँखाले देखिने जति सवै सामान फर्ने अनि नयाँ प्रोसेसर हालेर नयाँ ल्यापटप भन्दै विक्रि गर्ने गरेको छ। ‘जस्तै– डेल कोर कम्प्युटरको सवै सामान फेरेर आईसेभनको प्रोसेसर हालेपछि प्रोसेसर नयाँ देखाउँछ। तर, काम राम्रो गर्दैन’ श्रोत भन्छ– ‘५० केजी सामान वोक्न सक्ने मान्छेलाई ७० केजीको भारी वोकाउँदा वोक्न त सक्ला तर वोक्ने मान्छेको नसा सवै फुल्छ। त्यसपछि उसले गर्ने काम पनि सहज रुपमा गर्न सक्दैन। डेल कोरमा आईसेभेन प्रोसेसर हाल्नु पनि त्यस्तै हो।’

प्राय सवै रिफर्विस्ड ल्यापटप र कम्प्युटरमा विन्डोज सेभेन प्रोसेसर हालेर विक्रि गर्ने गरिएको छ। नेपालको मार्केटमा विगत २ वर्षको अवधिमा विक्रि भएका ल्यापटप मध्ये ९५ प्रतिशत रिफर्विस्ड ल्यापटप विक्रि भएको वताईन्छ।

कोरोना महामारीका कारणले विश्वमै इलेक्ट्रोनिक्स सेमी कन्डक्टर्सहरु र प्रोसेसर (मुख्य चिप्स) को अभाव भएको र ल्यापटप तथा कम्प्युटर वनाउने कम्पनीमा अत्यन्तै धिमा गतिमा सामान उत्पादन हुँदा यो अवस्था आएको जानकारहरु वताउँछन् । ‘आवश्यक सामग्रीको अभाव भएपछि प्रोडक्सन एकदमै कम भयो। तर अनलाईन क्लास र अन्य अनलाईन कारोवारले गर्दा ल्यापटपको माग धेरै भयो’ उनीहरु भन्छन्–‘त्यसले गर्दा रिफर्विस्ड ल्यापटपको विक्रि वढ्यो।’

यो अवधिमा ४० हजारको ल्यापटप ७०÷८० हजार रुपैयाँसम्ममा विक्रि भएको श्रोतको दावी छ। ‘२ वर्ष अगाडि मैले चलाईरहेका ल्यापटप १५÷२० हजारका दरले लैजाउ भन्दा कसैले लगेनन्। तर, जव अभाव सुरु भयो, त्यसपछि जति भन्यो त्यति मुल्य हालेर पसलेले नै किने’ एक जानकार भन्छन्–‘पुरानो अवस्थाका ल्यापटप त यसरी विक्रि भयो, रिफर्विस्ड गरिएका र नयाँ–पुरानो छुटयाउन नसक्ने ल्यापटप त विक्रि नहुने भन्ने सवालै आउँदैन।’

नियोटेरिकले केही कम्प्युटर र ल्यापटप नेपालमै रिफर्विस्ड गर्ने र कतिपय सामान भने विदेशवाटै मगाएर नेपालमा नयाँ भनेर वेच्ने गरेको वताईन्छ। जानकारहरुका अनुसार रिफर्विस्ड पिस र ओर्जिनल सामानमा सामान्य मान्छेले फरक छुट्याउन सक्दैन। सफटवेयरका माद्यमवाट मात्रै त्यसको फरक छुट्याउन सकिने भएकाले उपभोक्ता ठगिने गरेको पाईन्छ।

‘प्रत्येक मदर वोर्डमा ब्ल्याक वडि जस्तो डिभाईस हुन्छ, जस्ले मदर वोर्डको चालु अवधि देखाउँछ। मदर वोर्डको कोड सफ्टवेयरमा हालेर हेर्ने हो भने ओर्जिनल र रिफर्विस्ड ल्यापटप छुट्याउन सकिन्छ’ श्रोत भन्छ–‘तर, त्यो सुविधा उपभोक्तासँग हुँदैन, त्यसको फाईदा नियोटेरिकले उठाईरहेको छ।’

नेपालमा यस सम्वन्धि मापदण्ड र नियम नहुँदा नियोटेरिक जस्ता कम्पनीले उपभोक्तालाई लुटिरहेको श्रोतको भनाई छ। ‘विदेशमा यस विषयमा कम्प्लेन पर्यो भने त्यस्तो कम्पनी सिधै सडकमा आउँछ। तर, नेपालमा त्यो सुविधा छैन। त्यसैले फटाई पनि धेरै छ’–श्रोत भन्छ।

नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा अध्यक्ष रहेका वेला त्यसकै आडमा नियोटेरिकले ठगी धन्दा सञ्चालन गरेको कतिपयले वताउने गरेका छन् । यस विषयमा अध्यक्ष गोल्छाले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । फोन र म्यासेज गर्दा समेत उनले जवाफ दिएका छैनन् ।

नियोटेरिक गोल्छा अर्गनाईजेसन रिफर्विस्ड शेखर गोल्छा

विशेष