News

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवसहित ४१ जना पक्राउ

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवसहित ४१ जना पक्राउ

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवलाई प्रहरीले पक्राउ गरेको छ। पाकिस्तानी राजदुतावास अगाडिवाट उनीसहित ४१ जनालाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो ।

वंगलादेशमा हिन्दुहरुको मन्दिर र मुर्ती तोडफोड गरेको विरोधमा प्रदर्शन गर्न खोजिरहेका वेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई मुद्दा चलाउने वा रिहा गर्ने विषयमा आन्तरिक तयारी भईरहेको जनाईएको छ।

मन्दिर र मुर्ति तोडफोड भएको घटनाको निन्दा गर्दै अभियानले बंगलादेशका प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत पठाएको थियो । 

अध्यक्ष यादवको नेतृत्वको टोलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री शेख हसिनासमक्ष ज्ञापन पत्र बुझाएको थियो । बंगलादेशको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न ज्ञापन पत्रमा माग गरिएको थियो । 

बंगलादेशमा हिंसा फैलिएपछि ६ जनाभन्दा वढिको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । १७ हिन्दू मन्दिरहरुमा हमला भएको छ र त्यहाँका मूर्तिहरु तोडफोड गरिएको थियो ।
 

विनय यादव

विशेष