News

वेवारिसे वम विस्फोट हुँदा दिदीभाई घाईते

वेवारिसे वम विस्फोट हुँदा दिदीभाई घाईते

सुर्खेतमा वेवारिसे वम पड्किदा दुई जना घाईते भएका छन् । सदरमुकाम वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा पड्किएको वममा परेर दिदीभाइ घाइते भएका हुन्। 

वीरेन्द्रनगरस्थित कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे बेवारिसे बम विष्फोट हुँदा एकै घरका दिदभाइ घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विस्फोटबाट दैलेखको गुराँस गाउँपालिका घर भई सुर्खेतमा बस्दै आएका २१ वर्षीया लीला परियार र १४ वर्षीय नरेश परियार घाइते भएका हुन्। 

उनीहरु घाँस काट्न गएको बेलामा बम विष्फोट भएको थियो। बम कसले र किन राखेको कुराबारे केही नखुलेको प्रहरीले जनाएको छ। दुवैको देउती अस्पतलामा उपचार हुँदैछ। 
 

विशेष