News

धमाकेदार एसएसपीको पाकिस्तान प्रेम (भिडियोसहित)

धमाकेदार एसएसपीको पाकिस्तान प्रेम (भिडियोसहित)

जिहादीको विरोध र हिन्दुत्वको पक्षमा रास्ट्रिय एकता अभियान गर्ने प्रर्दशनहरुमा अस्वभाविक रुपले प्रहरीको हस्तक्षप वढेको छ।  हिन्दुत्वको कुरा उठाउँदै अभियानले गर्ने प्रदर्शनमा काठमाण्डौं प्रहरी पाकिस्तानी दुताबासबाट परिचालित भएका आधारहरु देखिन थालेका छन्। 

केही समय अगाडी एउटा बिबादमा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादबलाई काठमाण्डौं प्रहरी परिसरमा हाजिर गरायो। यति मात्र होईन, प्रहरीले उनलाई तारेखमा राखेर दुःख दिने काम गरेको थियो। पाकिस्तानी लविका केही पत्रकारहरुको दबाबमा एसएसपी अशोक सिंहले यादवलाई थुन्ने धम्की पनि दिएका थिए।

एसएसपी सिंहको कृयाकलाप र ब्यवहार हेर्दा विनय यादवको नाम सुन्ने बित्तिकै उनको ब्लड प्रेसर वढ्छ। शान्तिपुर्ण प्रदर्शन गर्दा तारेखमा राख्नुले पनि सिंहले अभियानका अध्यक्ष यादवलाई दुःख दिने नियत राखेको प्रस्ट हुन्छ। तर, तारेखमा हाजिर हुँदा पनि यादवले पाकिस्तानी हस्तक्षेपका विरुद्ध ‘ब्याक अफ पाकिस्तान’ लेख्न छोडेनन् ।

यसैगरी, काठमाडौँ भ्यूटावरमा काम गर्ने भारतीय पेटी ठेकेदारलाई ज्यान मार्ने धम्की दिएको, उनको सामान कब्जा गरेको र काम गरे वापतको भुक्तानी नदिएको बिषयमा रिपोर्टिङ्ग गर्न गएको ‘नेपाल आज’को टीमलाई दुर्ब्यवहार गरेको प्रशंगमा पनि एसएसपी सिंहले विनयलाई थुन्ने धम्की दिएका थिए । 

भारतीय पेटी ठेकेदार हेमचन्द्रसँग चिनजान भएकै कारण सिंहले यादवलाई थुन्ने धम्की दिनुले पनि उनको नियत माथि प्रश्न उठ्छ। 

एसएसपी सिंहले काठमाण्डौं भ्यूटावर निर्माणका मुख्य ठेकेदार जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक मनोज भेटवाल विरुद्ध पत्रकारहरुले आफुविरुद्ध दुर्ब्यवहार गरेको र सञ्चार सामग्री तोडफोड गरेको विषयमा दिईएको किटानी जाहेरीसमेत दर्ता नगरी टेबलको घर्रामा थन्क्याउन लगाएका थिए। भेटवालले प्रहरीकै आडमा नेपाल आजको संचार सामाग्री तोडफोड गरेका थिए।  

यसैगरी, रास्ट्रिय एकता अभियानका पछिल्ला प्रदर्शनमा पनि प्रहरीले ‘नेपाल आज’ का एक पत्रकारको मोबाईल नियन्त्रणमा लिएर खिचिएको भिडियो डिलिट गराएको छ । (प्रहरीले डिलिट गरेपछि रिकभर गरिएको भिडियो​​​​।)

प्रहरीले किटानी जाहेरी दिदासम्म वास्ता नगर्ने, दुःख दिने, डलरवादी एन्जिओले अनावश्यक राजनीति गर्ने र असुरक्षाको कारण पत्रकारको परिचय गोप्य राखिएको छ। यसअघि काठमाण्डौं भ्यूटावरमा पत्रकारसँग भएको दुब्र्यवहार तथा सञ्चार सामग्री तोडफोड गरिएको विषयमा समेत फ्रिडम फोरम नामको डलरवादी एन्जिओले पाकिस्तानी लबीका पत्रकारहरुको दबाबमा अनाबश्यक राजनीति गरेको थियो । 

यसैक्रममा शान्तिपूर्ण प्रदर्शनमा रहेका अभियानका अध्यक्ष यादवसहित ४१ जना तथा पत्रकारसमेतलाई प्रहरीले वलपुर्वक नियन्त्रणमा लिएको थियो । पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गर्ने अग्रिम जानकारी पाएका एसएसपी सिंहले दुतावसकै निर्देशनमा प्रदर्शनकारीलाई मानसिक रुपमा तनाव दिन र क्यामेरा/मोवाईल नियन्त्रणमा लिन महाराजगञ्जका डिएसपी प्रमेश विष्टलाई निर्देशन दिएका थिए ।

सिंहकै निर्देशन अनुसार डिएसपी विष्टको अगुवाईमा प्रदर्शनकारी र पत्रकारको मोवाईल तथा क्यामेरा नियन्त्रणमा लिई फोटो भिडियो डिलिट गरिएको प्रहरीले नै जानकारी दिएका छन् । 

काठमाण्डौँ प्रहरी किन हिन्दुहरुको बिरुद्द छ?
जानकारहरुका अनुसार एसएसपी अशोक सिंहमा अत्याधिक पाकिस्तान प्रेम छ।  आतंकबादलाई प्रसय दिने रास्ट्रको आरोप लागेको पाकिस्तानका गतिबिधिलाई प्रश्रय दिने र हिन्दुस्तान बिरोधी क्रियाकलापलाई वढावा दिएको भन्दै अशोक सिंहको आलोचना समेत हुने गरेको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव मधेसी समुदायको भएकै कारण पनि सिंहले हेप्ने गरेको कतिपयको बुझाई छ।  त्यसमाथि सिंहले भारतिय नागरिकलाई देखिनसहने गरेको वताईन्छ।

काठमाण्डौं भ्यूटावरका भारतीय पेटी ठेकेदार हेमचन्द्रका अनुसार मनोज भेटवालले प्रहरी प्रशासन किनेको दावी गर्ने गरेका छन् । उनले आफु नेपालमा असुरक्षित रहेको भन्दै सुरक्षाको निम्ति नेपाल आजलाई पहल गरिदिन अनुरोध गर्नुले पनि सिंह नेतृत्वको प्रहरीले भारतीय नागरिक र मधेशीलाई गर्ने ब्यवहार प्रष्ट देखिन्छ ।

विनय यादव भारतिय हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघको कार्यकर्ता भएको सुचनाका आधारमा पनि उनलाई एसएसपी सिंहले दुःख दिने गरेको प्रहरी भित्रै पनि चर्चा हुने गरेको छ । 

अफ्गानिस्तानमा ईस्लामिक अतिवादी समूह तालिवानले कब्जा गरेपछि विश्वभरका जिहादीहरू सकृय भएको र पाकिस्तान तथा बाङ्लादेशमा रहेका हिन्दु, बौद्ध, शीख र अन्य धार्मिक अल्पसंख्यक समुहमाथि चरम यातना दिनथालेपछि आफुहरु प्रदर्शनमा निस्कदा प्रहरीले दुःख दिएको अध्यक्ष यादव वताउँछन् ।

यादवका अनुसार शुक्रबार पनि प्रहरीले जिहादीविरुद्धको शान्तिपूर्ण प्रदर्शनलाई रोक्ने हरसम्भव प्रयास गरेको थियो । प्रहरीले हिन्दु अभियन्ताहरूमाथि अत्याधिक बल प्रयोग र दुर्ब्यवहार समेत गर्यो।  महिला अभियन्ताहरूलाई पुरूष प्रहरी प्रयोग गरी हिरासतमा लिइयो। अभियन्ता र सञ्चारकर्मीको मोबाईल/क्यामेरा नियन्त्रणमा लिई प्रदर्शनको फोटो र भिडियो डिलिट गरायो भने अगामी दिनमा जिहादविरुद्ध प्रदर्शन नगर्न धम्की समेत दियो । 

केही उच्चपदस्थ प्रहरी अधिकारीहरूमा जिहादीहरूको प्रभाव देखिएको यादवको दावी छ। जिहादीहरूप्रति प्रहरीभित्रको एक तप्काको रहस्यमय समर्थन रहेको उनको भनाई छ।

नेपाल प्रहरीमै पनि जिहादी समुहको घुसपैठ र पहुँच रहेको दावी गरेका उनले त्यस विषयमा छानबिन गर्न समेत माग गरेका छन् । ‘प्रहरी संगठन भित्र जिहादीहरूको घुसपैठ÷पहुँचले समग्र राष्ट्रिय सुरक्षामा असर गर्छ’ उनी भन्छन्–‘यस बिषयमा छानबिन गरी सम्बन्धित प्रहरी अधिकारीहरूलाई कडा कारवाही गर्न हाम्रो आग्रह छ।’

यो पनि

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

 

पाकिस्तानी दुताबास एसएसपी असोक सिंह पाकिस्तान प्रेम

विशेष