News विदेश

अस्ट्रेलिया पुगेका नेपालीको घर झगडाः पतिको मृत्यु, पत्निलाई तीन वर्ष जेल

अस्ट्रेलिया पुगेका नेपालीको घर झगडाः पतिको मृत्यु, पत्निलाई तीन वर्ष जेल

अष्ट्रेलिया पुगेका एक जोडि नेपालीको घर झगडामा पतिको मृत्यु भएपछि अदालतले पत्निलाई ३ वर्षको कैद सजाय सुनाएको छ। नोभेम्वर २०१९ मा भएको उक्त घट्नामा पत्नि छुरा प्रहार गर्दा पतिको मृत्यु भएको थियो ।

सिड्नीको ग्रानभिल एसियामा अटो ग्यारेज सञ्चालन गर्दै आएका सन्तोषको हत्या गरेको आरोपमा उनकी पत्नी नुमा गौतम जेल परेकी हुन । अदालतले उक्त घट्ना ज्यान लिने उदेश्यले नभएको भन्दै नुमाको सजाय कम गरेको छ। 

अष्ट्रेलियाको समाचार संस्था न्युज डटकमका अनुसार सन्तोषले सधैं मदिरा पिएर नुमालाई यौन सम्बन्धको लागि दबाब दिन्थे। उनले गर्भनिरोधक साधन प्रयोग गर्न नमान्दा नुमाले पाँचपटक गर्भपतन गराइसकेकी थिईन। 

अन्तिम पटक पनि सोही विषयमा झगडा हुँदा सन्तोषले नुमामाथि भान्साको चक्कुले आक्रमण गरेका थिए। आक्रमणपछि घाइते भएकी नुमाले सोही चक्कुले सन्तोषलाई आक्रमण गर्दा उनको मृत्यु भएको हो। 

पतिको मृत्युपछि पक्राउ परेकी उनले नेपाल फर्किएर बस्न सक्ने अवस्था नभएको भन्दै सजाय सकिएपछि नेपाल डिपोर्ट नगर्न अदालतसमक्ष अपिल गरेकी थिइन्। तर, अदालतले उनको अपिल अस्वीकार गरेको छ। 

सन्तोस र नुमाको नेपालको ठेगाना भने खुलाईएको छैन।

विशेष