News राजनीति

विपक्षीलाई ओलीको अर्को प्रहारः वलेसीको पानीका फोका हुन, आफै फुट्छन

विपक्षीलाई ओलीको अर्को प्रहारः वलेसीको पानीका फोका हुन, आफै फुट्छन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीप्रति अर्को शब्दवाँण प्रहार गरेका छन् । उनले एमालेलाई समाप्त पार्छु भन्नेहरूलाई बलेसीको पानीको फोका भएको वताए ।

देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले एमालेलाई समाप्त पार्नेहरु वलेसीको पानीको फोका भएकाले फुटेर जाने वताए । 

‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन् । जसले हाम्रा चरित्र हत्या गर्न खोजे, लान्छाना लगाए । तर ती निरर्थक भए’ उनले भने–‘एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो।’ 

ओलीले तल्ला कमिटीलाई  सर्वसम्मत नेतृत्व छान्न आग्रह गरे। उनले सत्तारुढ गठबन्धनले  देशलाई अस्थिरतामा धकेलेको आरोप लगाउँदै गठबन्धनलाई स्वेच्छाचारिता र प्रतिगमनको बाटो भन्दै आलोचना गरे। उनले भने–‘गठबन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौँ यही अनुसार तयारी गर्नुहोस् ।’
 

केपी शर्मा ओली

विशेष