News राजनीति

एमाले नेता रिजाल भन्छन्– प्रन्या मात्र होईन, पदक थाप्ने पाँचै जनाको वहिर्गमन

एमाले नेता रिजाल भन्छन्– प्रन्या मात्र होईन, पदक थाप्ने पाँचै जनाको वहिर्गमन

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानन्यायाधिश चोलेन्द्रम्मशेर जवराले राजिनामा दिनुपर्ने आवाज उठ्न थालेपछि परमादेशवाट सरकार वनाउने अन्य ४ जना न्यायाधिशको पनि वहिर्गमन हुन पर्ने तर्क गरेका छन् ।

सामाजिक सञ्चाल ट्वीटर मार्फत आफनो धारणा सार्वजनिक गरेका रिजालले वहिर्गमन नै हो भने पाँचै जनाको एकसाथ हुन सुहाउने वताएका छन् । ‘अहिले न्यायालय यति धेरै बदनाम हुनुमा प्रधानन्यायाधीश मात्र जिम्मेवार छैनन्, जनादेशविपरीत परमादेशबाट सरकार बनाएर पदक थाप्ने अरू ४ जना न्यायाधीश पनि उत्तिकै जिम्मेवार छन्’ उनले लेखेका छन्–‘बहिर्गमन नै हो भने प्रन्याको मात्र होइन, पाँचै जनाको एकसाथ हुन सुहाउँछ ।’

मन्त्रिपरिषदमा भाग खोजेर आचरण विपरित काम गरेको भन्दै पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश राणाको राजीनामा मागेपछि रिजालले यस्तो तर्क गरेका हुन् । फोरमले जबराले राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिलसमेत गरेको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले ०७८ असार २८ गते सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गर्दै निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।

प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनीहरू देउवालाई प्रधानमन्त्री बनाउन माग राखी संयुक्त हस्ताक्षरसहित अदालत गएका थिए । 

देउवालाई प्रधानमन्त्री वनाउन परमादेश जारी गर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए ।

यो पनि

चोलेन्द्रको आचरण र व्यवहारमा गम्भीर प्रश्न उठाउँदै राजिनामा माग

चोलेन्द्रशमशेर जबरा विष्णु रिजाल

विशेष