News

सिके राउतको धम्कीले जनकपुरमा त्रास, सुरक्षा ब्यवस्था कडा

सिके राउतको धम्कीले जनकपुरमा त्रास, सुरक्षा ब्यवस्था कडा

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रदेश २ का मुख्यमन्त्री र जनकपुरधाम उपमहानगरपालिकाका मेयरलाई जनकारबाही गर्ने धम्की दिएपछि प्रहरी/प्रशासन थर्कमान भएको छ।

राउतको धम्कीपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने राउतका कार्यकर्ताले उछृंखल गतिविधि गर्ने त्रासले जनकपुरमा सुरक्षा उपस्थिती वढाईएको छ।

बिहीबार जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई हिलो दलेर वजार घुमाएका थिए । त्यसपछि ‘अब मेयर र मन्त्रीको पालो,’ राउतले फेसवुक स्ट्याटस लेखेपछि सुरक्षा संयन्त्र सतर्क भएको छ । 

कुशवाहालाई दुर्व्यवहारको भोलिपल्ट समाजिक सञ्जाल फेसबुकमार्फत जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालयले, ‘भ्रष्टाचारीहरूविरुद्ध जनकारबाहीको संकेत मात्र थियो जनतामा डिमाण्ड धेरै छ मेयर सुध्रेन, मेयर मात्रै होइन सांसद र मन्त्रीलाईसमेत जनकारबाही हुने,’ भन्दै धम्की दिएका थिए ।

आईतवारदेखि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मेयर लालकिशोर साहको निवास र मुख्यमन्त्री कार्यालय परिसरसहित नगरका विभिन्न चोकमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जनमत पार्टीको धम्कीकै कारणभन्दा पनि बिहीबार खानेपानी कार्यालयका प्रमुखमाथि दुर्व्यवहार भएको घटनाले सर्तकताका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित कार्यालय तथा पदाधिकारीहरूलाई सुरक्षा दिइएको बताए ।
 

सिके राउत

विशेष