News

२ मतले पराजित चौधरीले ४ वर्षसम्म चलाए वडाध्यक्ष

२ मतले पराजित चौधरीले ४ वर्षसम्म चलाए वडाध्यक्ष

महोत्तरीमा चार वर्षअघिको निर्वाचनमा हारेका ब्यक्ति वडाध्यक्ष वनेर काम गरिहेको पत्ता लागेको छ। उच्च अदालत जनकपुरको आदेश अनुसार पुनः मतगणना हुँदा मनरासिशवा नगरपालिका १० मा हाल वडाध्यक्ष रहेका अरुणकुमार चौधरी दुई मतले पराजित भएको पाईएको छ।

चार वर्षपछि पुनः मत गणना हुँदा वडाध्यक्षमा रमेश राय विजयी भएका छन् । २०७४ असोज २ मा भएको स्थानीय तहको निर्वाचनको यसअघि भएको मतगणनामा राय र अरुणकुमार चौधरीले समान २६७ मत ल्याएको भन्दै गोलाप्रथाबाट चौधरी विजयी भएको घोषणा गरिएको थियो । तर, आज पुनः मतगणना हुँदा रायको पक्षमा २६८ र चौधरीको पक्षमा २६६ मत खसेको देखियो ।

गोलाप्रथाबाट अरुण कुमार चौधरी वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएपछि मतगणनामा धाँधली भएको भन्दै वडाध्यक्षका अर्का प्रत्यासी रमेश रायले उच्च अदालतलमा रिट दायर गरेका थिए ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले आज बिहान ११ बजेदेखि पुनः मतगणना सुरु गर्न आदेश दिएको थियो ।

उच्च अदालतले पुनः मतगणनाको आदेश दिएपछि चौधरीले सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले उच्च अदालतको आदेश सदर गरेको थियो । त्यसपछि उच्च अदालत जनकपुरले असोज १० गते पुनः मतगनाका लागि मिति तोकेर आदेश दिएको हो । 

मनरासिशवा नगरपालिका

विशेष