News

फुलकोर्ट वहिस्कार गरेका १४ न्यायाधिसद्वारा इजलास पनि वहिस्कार गर्ने चेतावनी

फुलकोर्ट वहिस्कार गरेका १४ न्यायाधिसद्वारा इजलास पनि वहिस्कार गर्ने चेतावनी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएको फूलकोर्ट बहिष्कार गरेका सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधिसले मार्ग प्रशस्त नगरे इजलास समेत बहिष्कार गर्ने चेतावनी दिएका छन् । १४ जना न्यायाधीशहरू आज खाजा ब्रेकपछि इजलास नबसेर संयुक्त बैठक बसेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका १४ जना न्यायाधिसले नेपाल बार एसोसिएसनका पदाधिकारीसमेत संलग्न हुनेगरी प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

आइतबारको बैठमा सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।

अमेरिका भ्रमणमा रहेकाले न्यायाधीश ईश्वरप्रसाद खतिवडा बैठकमा सहभागी थिएनन् । त्यसैगरी न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी, कुमार चुडाल आइतबार अदालतमै उपस्थित थिएनन् । न्यायाधीश सिन्हा, मल्लसहितको टोली भने खप्तड भ्रमणमा छ ।

एकपछि अर्को विवादास्पद निर्णयका कारण तीव्र ओलाचना भोगिरहेका प्रधानन्यायाधीश जबराप्रति बार एसोसिएसन नरम भइरहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशहरूले कडा कदम उठाउन लागेका हुन् ।

‘वरिष्ठ अधिवक्ता पद बाँड्ने भनेपछि बारका पदाधिकारीहरुलाई लोभ्याउन सकिन्छ भनेर उहाँले अहिले कुनै सन्दर्भ नभएको विषयमा एजेण्डा राख्नुभएको बुझ्न कठिन भएन,’ एक कानुन ब्यवसायीले भने, ‘न्यायिक नेतृत्वले आफूलाई जोगाउन हामीलाई मोहरा बनाउन खोजेको देखियो । त्यसो भएपछि किन सहभागी हुनु ?’
बैठकको एजेण्डा भनी पठाएको प्रस्तावमा समेत न्यायाधीशहरु सन्तुष्ट छैनन् । एक त, अहिले वरिष्ठ अधिवक्ताको उपाधिबारे छलफल गर्ने उपयुक्त समय होइन । अर्कोतर्फ महत्वपूर्ण विषयलाई एजेण्डामा नै नराखेर जबराले आफूमाथिको संकट टार्न खोजेका हुन्’– एक न्यायाधिसले भने।

प्रधानन्यायाधीश जबराले आइतबार दिउँसो नेपाल बार एसोसिएसनको टोलीसँग छलफल गरेर सोमबारका लागि फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए ।

चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत १४ न्यायाधीश फूलकोर्ट बहिष्कार

विशेष