News

गभर्नर र सानिमाको सम्वन्धः तालिम केन्द्रमा गुरु–चेला, मिलेमतोमा चलखेल

गभर्नर र सानिमाको सम्वन्धः तालिम केन्द्रमा गुरु–चेला, मिलेमतोमा चलखेल

मुलुकका सम्पुर्ण वैंकहरुको नियमकारी निकाय हो– नेपाल राष्ट्र वैंक। राष्ट्र वैंकले हरेक वैंकलाई समान रुपमा ब्यवहार गर्ने आम मान्यता छ। तर, यो सर्वमान्य सिद्धान्त विपरित राष्ट्र वैंकले केही वैंकर्सको दवावमा परेर अधिकांश वैंकलाई समस्यामा पार्ने गरेको पाईएको छ।

राष्ट्र वैंकले कात्तिक महिनाको ब्याजदर निर्धारण गर्दा देखिएको अस्वभाविक ब्यवहारपछि केन्द्रीय वैंक (राष्ट्र वैंक) कै कतिपय कर्मचारीहरु शंकाको घेरामा छन् । केही वैंकर्सहरुसँग उनीहरुको अस्वभाविक साँठगाँठ र लेनदेनको आरोप लागेको छ।

सानिमा वैंकलाई मात्रै फाईदा पुग्ने गरी कात्तिक महिनाको ब्याजदर निर्धारण गर्न निर्देशन दिनुले पनि राष्ट्र वैंकका कर्मचारीहरुको नियतमाथि प्रष्न उठेको छ।

राष्ट्र वैंकले कात्तिक महिनाको ब्याजदर अघिल्लो महिनाकोभन्दा १० प्रतिशत वा सोभन्दा बढी भयो भन्दै सिङ्गल डिजिटमा झार्न र कात्तिक १ गते देखि लागु गर्न निर्देशन जारी गरेपछि कतिपय वैंकर्सहरु राष्ट्र वैंकका कर्मचारीदेखि सानिमा वैंकका सिईओ भुवन दाहालसम्मको मिलेमतो देखेर आश्चर्यमा परेका छन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल सीईओ रहेको सानिमा बैंकलाई मात्रै फाईदा पुग्ने गरी उक्त निर्देशन जारी भएको भन्दै उनीहरुले विरोध पनि जनाएका छन् ।

राष्ट्र बैंकको निर्देशन विपरीत कात्तिक १ गतेदेखि लागु हुने नयाँ ब्याजदर तोक्न दाहालले असोज ३१ गते बोलाएको बैंकर्स संघको बैठकमा प्रस्ताव गरेका थिए, उनी वैंकर्स संघका अध्यक्ष पनि हुन । त्यसपछि उनले २६ वटै बैंकका सीईओहरूलाई पठाएको भाइबर म्यासेजमा बैंकहरूमा नगद तरलता अभाव हटाउन ब्याजदर मिलाएर बढाउनै पर्ने आशय ब्यक्त गरेका थिए । राष्ट्र बैंकको अस्तिको निर्देशनपछि भदौ र असोजमा सामान्य ढंगले ब्याजदर तोकेका केही बैंकका सीईओहरू चिन्तामा परेका छन्।

सानिमा वैंकले असोज महिनामा अन्य वैंकलेभन्दा चर्को ब्याजदरमा पर्याप्त निक्षेप संकलन गरिसकेका र निक्षेप तथा कर्जाको अनुपातसँगै पर्याप्त नगद तरलताको अवस्थामा छ । राष्ट्र बैंकको निर्देशनले अघिल्लो महिनाको आधारदरमा नयाँ ब्याजदर तोक्दा बढीमा १० प्रतिशत थप गर्न पाइने भनेपछि उनीहरू स्वतः सुरक्षित भएको वताईन्छ।

दाहालले सबै बैंकका सीईओलाई ब्याजदर बढाउन भाइबर म्यासेज पठाएर उक्साएको र राष्ट्र बैंकबाट सर्कुलर जारी गराउन पनि प्रपञ्च गरेको आरोप छ। जानकारहरुका अनुसार सानिमा वैंकका सिइओ दाहाल तथा राष्ट्र वैंकका गभर्नर र डिपुटी गर्भनर विच पुरानो सम्वन्ध छ। जसको फाईदा अहिले दाहालले उठाईरहेको वताईन्छ।

जानकारहरुका अनुसार हाल मध्यबानेश्वरमा रहेको केएफए कलेज सुरुवातमा ‘बैंकिङ ट्रेनिङ इन्स्टिच्युट’ का रुपमा खोलिएको थियो । उक्त इन्स्टिच्युटले धेरै पछि मात्र कलेजको रुप धारण गरेको हो । बैंकिङ ट्रेनिङ इन्ष्टिच्युट चाही हाल सानिमा वैंकका सिइओ भुवन दाहालले नै खोलेका हुन । 

अहिलेका गभर्नर तथा डेपुटीहरुलाई दाहालले तालिम उपलब्ध गराएको स्रोतको दाबी छ । कतिपयले त्यतिबेला उक्त इन्ष्टिच्युट खोल्ने क्रममा दाहालसँगै केन्द्रीय बैंकको नेतृत्वमा रहेकाहरुको समेत लगानीको आशंका गरेका थिए ।

केएफए खोलेपछि तत्कालीन नबिल बैंकबाट विदा लिएर राष्ट्र बैंकका त्यतिबेलिन चार्टर्ड एकाउण्टेण्ट तथा निर्देशक महाप्रसाद अधिकारीलाई सँगै लिएर हिमाली क्षेत्रमा ट्रेकिङमा जाने गरेको वताईन्छ। त्यतिवेलाको सम्वन्धलाइ अहिले दाहालले भरपुर उपयोग गरिरहेको स्रोतको दावी छ।

सानिमा वैंक भुवन दाहाल

विशेष