News राजनीति

ओली पथमा सञ्चारमन्त्रीः १० वर्षभित्र नेपाल दक्षिण एशियामा सम्पन्न मुलुक बन्छ

ओली पथमा सञ्चारमन्त्रीः १० वर्षभित्र नेपाल दक्षिण एशियामा सम्पन्न मुलुक बन्छ

मनमा लागेका कुरा वेलगाम वोल्ने वानीका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्याधिक आलोचित छ। भारतको नाकावन्दीका वेला खुलेर विरोध गरेका कारण राष्ट्रवादी नेताको छवी वनाएका ओली विस्तारै आफ्नै वोलिका कारण आलोचित हुँदै गए ।

अहिलेसम्म आईपुग्दा ओलीका अभिब्यक्ति मानिसहरु सुन्न त मनपराउँछन् तर उनका कुरा कार्यान्वयनमा आउने आशामा भन्दा पनि मनोरञ्जनका रुपमा सुन्नेको संख्या वढि पाईन्छ। पछिल्लो समय कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि ओलीकै वाटोमा लागेको लागेको अनुभुती हुन थालेको छ।

विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले १० वर्षभित्रमा दक्षिण एशियामा नेपाल एक सम्पन्न मुलुक बन्ने दावी गरेका छन्।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन आग्रह समेत गरे।

विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याए। समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियान जुट्न विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरुलाई सचेत गराए।
 

केपी शर्मा ओली ज्ञानेन्द्रबहादुर कार्की

विशेष