News

प्रचण्डको दावी : माओवादी जनयुद्धमा भारतको कुनै प्रकारको सहयोग छैन

प्रचण्डको दावी : माओवादी जनयुद्धमा भारतको कुनै प्रकारको सहयोग छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी जनयुद्ध भारतको कुनै प्रकारको संलग्नता र सहयोग नभएको दावी गरेका छन् ।

सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इण्डिया–नेपाल टाइज’ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी जनआन्दोलन भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको वताए । 

माओवादी जनयुद्धलाई भारतको कुनै पनि प्रकारको सहयोग नरहेको उनको दावी छ। उनले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताए। नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपु¥याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपु¥याई सहयोग गर्ने प्रक्रियाको शुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उनको भनाइ छ ।
 

पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष