News

नेपाल वारका कोषाध्यक्ष भन्छन्– प्रधानन्यायाधिशको राजिनामा माग्ने निर्णय भएको छैन

नेपाल वारका कोषाध्यक्ष भन्छन्– प्रधानन्यायाधिशको राजिनामा माग्ने निर्णय भएको छैन

सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर जबवाराको राजिनामा माग्ने विषयमा नेपाल वार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलकै कुरा वाझिएको छ। अध्यक्ष श्रेष्ठले राणाको राजिनामा माग्ने निर्णय भएको वताएका छन् भने कोषाध्यक्ष पोखरेलले त्यस विषयमा निर्णय नै नभएको वताएका छन् ।

नेपाल आजसँगको कुराकानीका क्रममा कोषाध्यक्ष पोखरेलले नेपाल बार एसोसिएसनको आकस्मिक बैठकमा न्यायपालिकामा देखिएको समस्या समाधनका विषयमा छलफल भएपछि प्रधानन्यायाधिशको राजिनामा माग्ने विषयमा निर्णय नभएको वताए ।

‘त्यो विषयमा निर्णय नै भएको छैन। अध्यक्षको हवाला दिएर आएको छ (समाचार), विल्कुल गलत कुरा हो। निर्णय भएको छैन’ उनले भने–‘आजको वैठकले भोली सल्लाहकारहरुसँग छलफल गर्ने, अनि छलफलपछि चै वारको कार्यसमितिको वैठक वसेर निस्कर्ष निकाल्ने भन्ने कुरा भएको छ।’

समाचारमा आए अनुसार अध्यक्षको भनाई नै विरोधाभासपुर्ण रहेको उनले दावी गरे । ‘निर्णय चै यस्तो भो। भोली सल्लाह गर्ने अनि निर्णय सार्वजनिक गर्ने भन्ने, त्यस्तो पनि निर्णय हुन्छ त?’ उनले थपे–‘त्यो निर्णय भएकै छैन, के सुरमा के तलामा वहाँले त्यस्तो भन्नु भो वहानै जान्नु हुन्छ। यस्तो निर्णय भा’छैन।’

यसअघि नेपाल वारका अध्यक्ष अध्यक्ष श्रेष्ठले राणाको राजिनामा माग्ने निर्णय भएको जनाएका थिए । ‘उहाँले सम्हाल्न सक्नुभएन, अब उहाँले निकास दिनुपर्छ भन्ने निष्कर्ष हाम्रो आयो’– वैठकको निर्णय जानकारी दिने क्रममा उनले भनेका थिए ।

श्रेष्ठले औपचारिक निर्णय भने मंगलबार बस्ने सल्लाहकार समितिको बैठकपछि लिइने जानकारी दिएका थिए। उनले भनेका थिए–‘न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले सम्हाल्न सक्नु हुन्न। उहाँले अब निकास दिनुपर्छ। 

प्रधानन्यायाधीश न्यायपालिका भित्रै असफल भएको ठहर गर्दै न्यायापालिकालाई बन्दी राख्न नहुने निष्कर्षमा बार पुगेको उनले बताएका थिए।

यो पनि 

प्रधानन्यायाधीश विरुद्ध गोविन्द केसीः राजिनामा नदिए आन्दोलन गर्ने

चोलेन्द्रशम्शेर जबवारा नेपाल वार एसोसिएसन रुद्रप्रसाद पोखरेल चण्डेश्वर श्रेष्ठ

विशेष