News राजनीति

संगठित सदस्य नै नभएका दुर्गा प्रसाई कसरी भए एमाले विधान महाधिवेशन प्रतिनिधि ?

संगठित सदस्य नै नभएका दुर्गा प्रसाई कसरी भए एमाले विधान महाधिवेशन प्रतिनिधि ?

संविधान, कानुन र विधिको कुरा गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सदस्य नै नभएको ब्यक्तिलाई विधान महाधिवेशनमा सहभागि गराएको कुरा वाहिरिएको छ ।

आईतवार झापामा आयोजित कार्यक्रममा बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश गरेपछि ओली दिने गरेको विधि र कानुनको दुहाई मुखमा मात्रै सिमित भएको पुष्टि भएको हो ।

आइतबार झापामा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रसाईंलगायतलाई पार्टी प्रवेश गराए। उनलाई हैसियत के हुन भन्ने अहिले पनि प्रष्ट छैन । तर, तिनै प्रसाई असोज १५–१७ सम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा नै सहभागी भएका थिए ।

उनी एमाले केन्द्रीय सदस्यको हैसियतमा विधान सम्मेलनमा सहभागी भएका थिए । तर, उनी पार्टीको संगठित सदस्य समेत नरहेको आईतवारको पार्टी प्रवेश कार्यक्रमवाट पुष्टि भएको छ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै तिनै प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को आलोचना गरे । लिखित सम्बोधन गरेका उनले प्रचण्ड र बाबुराम भट्टराईलाई कम्युनिस्ट भन्न लाज लाग्नुपर्ने बताए । उनले प्रचण्ड र बाबुरामको नाम लिँदै ‘हामीले यही दिन देख्न मृत्युवरण गरेका हौं ?’ भनी प्रश्न गर्दा सहभागीहरुले हुटिङ गर्दै ‘होइन’ भनेका थिए ।

उनले प्रचण्डप्रति आफनो भ्रम तोडिएको पनि वताए । ‘हामीले यही दिन देख्न सैनिक हिरासत बसेका थियौँ ? यति नै गर्न थियो भने १७ हजार किन मारियो ?’ उनले भने–‘मैले यो प्रश्न प्रचण्ड र बाबुरामलाई सोध्न चाहन्छु । प्रचण्डसँग जवाफ माग्न सक्नुपर्छ ।’

प्रसाईं लामो समयसम्म प्रचण्डनिकट मानिन्थे । एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व प्रचण्ड र केपी शर्मा ओलीलाई आफ्नै निवासमा भेट गराएर मार्सी चामलको भात खुवाएको तस्वीर सार्वजनिक भएपछि प्रसाईं चर्चामा आएका थिए ।

तर २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रसाईं एमालेतिर लागेका छन् ।

यो पनि

माओवादी भएर ६ महिना शैनिक हिरासत भोगेका प्रसाई यसरी भए कट्टर एमाले

दुर्गा प्रसाई

विशेष