News

विदाको दिन विहेभोजमा वडाध्यक्षको मोटरसाईकल चढेर कुटाकुुट

विदाको दिन विहेभोजमा वडाध्यक्षको मोटरसाईकल चढेर कुटाकुुट

कैलालीको चुरे गाउँपालिका ४ वालुवागडामा विहेभोजमा भएको कुटाकुटमा वडाध्यक्षको मोटरसाईकल प्रयोग भएको पाईएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

मोहन्याल गाउँपालिका– ५ का वडाध्यक्ष छविलाल हौजालीले प्रयोग गर्दै आएको से १ ब ७८२ नम्बरको सरकारी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । गत असोज २९ गते बिहे भोजमा वडाध्यक्षका भतिजा चक्रबहादुर हौजालीले सरकारी मोटरसाइकल प्रयोग गरेर झैझगडा गरेका थिए ।

दसैँको बिदामा सरकारी मोटरसाइकल प्रयोग गरेर झैझगडा गरिएको देखिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी प्रेम शाहीले बताए । वडाअध्यक्षको मोटरसाइकल स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए।

झगडामा वडाअध्यक्षका भतिजालगायतको समूहको कुटपिटबाट बालुवागडाका स्थानीय चक्र खत्री, महेन्द्र गुरुङ र खगेन्द्र खत्तेडी, कृष्ण बिक घाइते भएका थिए ।
 

विशेष