News विदेश स्वास्थ्य

चीनमा दोहोरियो कोरोना, ४० लाख मानिस रहेको लान्चो शहरमा लकडाउन

चीनमा दोहोरियो कोरोना, ४० लाख मानिस रहेको लान्चो शहरमा लकडाउन

चीनमा एक पटक नियन्त्रणमा आईसकेको कोरोना संक्रमण फेरी दोहोरिएको छ। कतिपय भागमा अहिले पनि कोरोनाभाइरस संक्रमण बढिरहेको छ । 

चीनभरिमा कोरोनाका २९ नयाँ केस फेला परेको मध्ये ६ वटा केस लान्चोमा शहरमा देखिएका छन् । उत्तरपश्चिमी प्रान्त गान्सुको राजधानी लान्चोको जनसंख्या ४० लाखभन्दा बढी छ । 

संक्रमण रोक्नका लागि सरकारले लान्चो शहमा लकडाउन लगाएको छ । अत्यन्तै जरूरी परे मात्र घरबाट बाहिर निस्कन मानिसहरूलाई सरकारले आदेश दिएको छ।

शहरमा मानिसहरूको आवागमनमा कडा निगरानी गरिने अधिकारीहरूले बताए । मानिसहरूलाई अत्यावश्यक सामान किन्न र औषधोपचार गर्नका लागि मात्र घरबाट निस्कन दिइनेछ । स्थानीय नागरिकहरूलाई एकअर्कासँग भेट्न प्रतिबन्ध लगाइएको छ । 

सोमवार इन्नर मंगोलियाको एजिन काउन्टीका मानिसलाई पनि घरैमा बस्न भनिएको छ । त्यहाँ गत साता १५० भन्दा बढी कोरोनाका केस भेटिएका थिए । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक हप्तामा कोभिड संक्रमण ११ राज्यमा फैलिएको जनाएको छ । राजधानी बेइजिङमा मात्र कोरोना संक्रमितको संख्या २१ पुगेको छ । 
 

विशेष