News

दुर्गा प्रसाई भन्छन्– ८ करोडको वान पिस गाडी ओलीलाई चढ्न दिएँ

दुर्गा प्रसाई भन्छन्– ८ करोडको वान पिस गाडी ओलीलाई चढ्न दिएँ

भर्खरै नेकपा एमाले प्रवेश गरेका मेडिकल ब्यवसायी दुर्गा प्रसाई वेलावखत चर्चामा आईरहन्छन्। उनी कहिले मार्सी चामलका कारण चर्चामा आए भने कहिले कलेजलाई सम्वन्धन दिलाउने क्रममा भएको घुस प्रकरणका कारण चर्चामा आए ।

यति वेला भने ८ करोडका ‘वान पिस’ गाडिका कारण उनको चर्चा भईरहेको छ। हुन त उनको गाडि चर्चामा आउनु पर्ने विषय त होईन, तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेपछि त्यसको चर्चा वढेको छ ।

सामान्यतया प्रमुख प्रतिपक्षी दलका नेता जिल्ला जाँदा–आउँदा स्थानीय प्रशासन वा प्रदेश सरकारले गाडी उपलब्ध गराउँने चलन छ । तर, केहि दिन अघि गृह जिल्ला झापा पुगेका ओलीले त्यो चलनलाई हटाउँदै प्रसाईको गाडि चढे । ओलीको स्वागतमा प्रसाईको गाडी तम्तयार थियो, विमानस्थल बाहिर स्कर्टिङ सुरक्षा राखिएको थियो । त्यही गाडीमा ओलीले गृहजिल्लामा सयर गरे ।

भद्रपुर–१ स्थित पृथ्वीनगरमा पिता मोहन ओलीलाई भेट्नेदेखि विर्तामोडमा पार्टी प्रवेश कार्यक्रमसम्म ओली प्रसाईको गाडीमा सवार भए । बिर्तामोडमा प्रसाईले नातामा ओली आफ्नो हजुरबुवा पर्ने भन्दै अझैं वढाई गरे।

उनले ‘८ करोडको गाडी, वान पिस गाडी मैले मात्र चढ्छु । अहिले अध्यक्ष ओलीज्यूलाई चढ्नलाई दिएको हुँ’– भन्दै अनौपचारिक कुराकानीमा फुँई हाँके। सरकारी सम्वन्धन विना नै मेडिकल कलेज र अस्पताल चलाई रहेका प्रसाईलाई कतिपयले मेडिकल माफिया पनि भन्ने गरेका छन् ।

दुर्गा प्रसाई मेडिकल माफिया

विशेष