News राजनीति

प्रचण्डको घोषणाः अवको चुनाव मेरा लागि अन्तिम हो, चितवन छोड्दिन

प्रचण्डको घोषणाः अवको चुनाव मेरा लागि अन्तिम हो, चितवन छोड्दिन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब एउटा चुनावपछि अर्को चुनावमा आफु नलड्ने घोषणा गरेका छन् ।

मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अव हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताए। आगामी निर्वाचनमा चितवन जिल्लाबाटै उम्मेदवारी दिने घोषणा पनि गरेका उनले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने वताए ।

‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ’ उनले भने–‘चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनँ।’ 

उनले एमालेका कारण आफनो महत्व अझै वढेको पनि वताए । बुटबलमा हुने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सारेर आफ्नो महत्व वढाएको उनको टिप्पणी छ।
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष