News

स्ट्रिङ अप्रेसन पीडितसँग एउटै थलोमा ‘नेपाल आज’

स्ट्रिङ अप्रेसन पीडितसँग एउटै थलोमा ‘नेपाल आज’

०७४ फागुन १४ गते अख्तियार दुरुपयोग अनुशन्धान आयोगको इटहरी स्थित कार्यालयले स्ट्रिङ अपरेसन गरेर स्वास्थ्यका कर्मचारीलाई पक्राउ गर्यो । 

०७४ फागुन १४ गते अख्तियार दुरुपयोग अनुशन्धान आयोगको इटहरी स्थित कार्यालयले स्ट्रिङ अपरेसन गरेर स्वास्थ्यका कर्मचारीलाई पक्राउ गर्यो । 

बन्द भएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै दुई लाख रुपैयाँ घुस लिने क्रममा औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक सरोज सुवेदी रंगेहात पक्राउ परे । विराटनगर–३ दूध फारम अगाडिदेखि उनलाई पक्राउ गरिएको थियो ।

करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका थिए । यति मात्र होईन, आर्थिक वर्ष २०७७÷०७८ मा आयोगको इटहरी स्थित कार्यालयले मात्र पाँच जिल्लामा ९ वटा स्ट्रिङ अप्रेसन गरेर २० जनालाई पक्राउ गर्यो । 

सुनसरीमा ४ वटा स्ट्रिङ अपरेसनमा ७ जना, सप्तरीमा ३ वटा स्ट्रिङ अपरेसनमा ५ जना, उदयपुरमा एउटा स्ट्रिङ अपरेसनमा ६ जना र मोरङ तथा इलाममा १/१ वटा स्टिङ अपरेसन गरि १/१ जनालाई पक्राउ गरिएको थियो । जस्मा सहायक तहदेखि अधिकृत स्तरका सरकारी कर्मचारीहरू, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसम्म थिए ।

पक्राउ परेका ब्यक्ति विरुद्ध केन्द्रीय कार्यालयले मुद्दा चलाउने गरेको छ। यो तथ्यांक एउटा प्रदेशको मात्रै हो, अन्य ६ प्रदेशमा भएका स्ट्रिङ अपरेशन र पक्राउ परेकाहरुको संख्या अझै धेरै छ। 

तर, ०५९ पछि नियमावलीका आधारमा ‘स्टिङ अपरेसन’ चलाउँदै आएको अख्तियारलाई सर्वोच्च अदालतले नै साउन ०७८ पति वन्देज लगाएको छ। एउटा संवैद्यानिक निकाय आफैंले घुस रकम अफर गर्ने, आफैं रकम थमाएर, कर्मचारीलाई आफैंले पक्राउ गर्ने कार्यलाई सर्वाेच्चले अवैद्यानिक कदम भनेर रोक लगायो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैँ पैसा दिएर वा दिलाएर अपराध गराउनु असंवैधानिक’ भएको सर्वाेच्चको फैसलामा भनिएको छ ।

यो फैसलापछि अख्तियारले सञ्चालन गर्ने स्ट्रिङ अप्रेसन नै गैरकानुनी ठहर भयो। पक्राउ परेका सवै गैरकानुनी थुना/कारवाहीमा परेको देखिन आएको छ। सर्वोच्चको यो फैसलाले त्यस्तो अप्रेसनमा परेर सजाए पाएका सवै पीडित भएका छन् । तर, उनीहरुका विषयमा अव के हुने भन्ने अन्यौलता कायमै छ। 

नेपाल आजले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट स्ट्रिङ अप्रेसन भई मुद्दा दायर भएका तथा श्री सर्वोच्च अदालतबाट अन्तिम फैसला भइसकेका व्यक्तिहरुकाबिच विचमा देखिएको समस्याका विषयमा पीडित पक्षहरुसँग छलफल छलफल कार्यक्रमको आयोजना गरेको छ।

कार्तिक ११ गते बिहिबार, दिउँसो १ बजे नेपाल वार एसोसिएसनको सभाहल रामशाहपथमा हुने ‘सवाल जवाफ’ कार्यक्रममा सहभागिताका लागि नेपाल आजले सम्पुर्ण सरोकारवाला र पीडित पक्षलाई उपस्थितीका लागि अनुरोध गरेको छ। कार्यक्रमका वारेमा थप जानकारी लिन र कार्यक्रममा सहभागि हुन नसक्नेले ९८०८०८२९०५ नम्वरमा सम्पर्क गरी आफना समस्या टिपाउन सकिने जनाईएको छ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोग स्ट्रिङ अपरेसन

विशेष