News

चोलेन्द्रलाई महाअभियोग नलगाउने गठवन्धनका शिर्ष नेताको आन्तरिक सहमति

चोलेन्द्रलाई महाअभियोग नलगाउने गठवन्धनका शिर्ष नेताको आन्तरिक सहमति

सत्ता गठवन्धनका शिर्ष नेताहरु विच प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महाभियोग नलगाउने विषयमा आन्तरिक सहमति भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो मात्रै प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको विषयमा सत्तारुढ गठन्धनमा छलफल नभएको बताएका थिए । चितवनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले महाअभियोगको विषयमा चर्चा र छलफल नै नभएको जानकारी दिएका थिए ।

तर, गठवन्धनका केही नेताहरुले भने सर्वोच्च अदालतमा देखिएको संकटका विषयमा शिर्ष नेताहरुका विचमा छलफल भएको र महाभियोग अगाडि नवढाउने गरी आन्तरिक सहमति भएको जनाएका छन् ।

न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए महाभियोग लगाएर हटाउनु पर्ने विषयमा चर्चा भईरहेका वेला शिर्ष नेताहरुको आन्तरिक सहमति वाहिर आएको हो ।

बृहत् नागरिक आन्दोलनले पनि प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ ।

बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो ।

‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं’–विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनले प्रधान्यायाधीश जबरा प्रतिनिधिसभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्तीपूर्ण व्यवहारको मतियार बनेको आरोप लगाएको छ ।

संवैधानिक अंगहरुमा भागबण्डा गरेको घटनाले न्यापालिकाको मर्यादा गिरेको भन्दै नागरिक आन्दोलनले न्यायाधीशको रुपमा सेवा प्रवेश गर्दा नै मिलेमतोको आरोप लागेका जबराको न्यायायिक जीवन विवादास्पद रहँदै आउनु र त्यसको कतै जवाफदेहिता नखोजिनु अहिलेको अव्यवस्थाको आधार भएको बताएको छ ।

प्रतिगमन सच्याउने प्रधानन्यायाधिश विरुद्ध चौतर्फी आक्रमण

चोलेन्द्रले राजिनामा दिदैमा न्यायालय चोखिन्छ श्रीमान् (हरु) ?
 

चोलेन्द्रशम्शेर जबवारा

विशेष