News

धमाकेदार एसएसपीकोे सरुवा, जस्ले क्यान्सर पीडित महिलालाई पनि छोडेनन

धमाकेदार एसएसपीकोे सरुवा, जस्ले क्यान्सर पीडित महिलालाई पनि छोडेनन

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहको सरुवा भएको छ। गृहमन्त्रालय श्रोतका अनुसार मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेका छन्।

५ मंसिर २०७७ मा काठमाडौं प्रहरी प्रमुख बनेका सिंहको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिईएको छ।

गिरी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन् । निर्मला पन्त प्रकरणमा अनुसन्धान गरेका गिरीले एसपी हुँदा पर्साको कमाण्ड गरेका थिए । भैरहवा सरुवा भएका सिंहको भने काठमाण्डौं प्रहरी परिसरमा रहँदा पनि कार्यकुसलता माथि प्रश्न उठेको छ। उनी पैसाका लागि पाकिस्तानी राजदुतावाससँग नजिकिएको र काठमाण्डौं भ्यूटावरका मुख्य ठेकेदार मनोज भेट्वालको गुलाम भएको आरोप लाग्ने गरेको छ।

एसएसपी सिंहले पैसा र प्रोफाईल वनाउने नाममा हुने÷नहुने सवै काम गरेको तथा निर्दोश नागरिकलाई दुःख दिएर अपराधी र गुनेगारको संरक्षण गरेको संगठन भित्रै चर्चा हुने गरेको छ। उनले आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पीडित महिला कर्मचारीलाई समेत ज्यानमारा सरह हिरासतमा राखी दुःख दिएका थिए ।

ज्येष्ठ नागरिकलाई दुःख दिएको विषयमा विरलै पर्ने उजुरीलाई भ¥याङ वनाएर चर्चामा आउने मोहमा उनले २४ चैत ०७७ मा नेपाल राष्ट्र वैंककी निर्देशक सुष्मा रिजाललाई पक्राउ गरे । कानुनको गलत ब्याख्या गरेर सुस्मालाई हिरासतमा राखेका उनले राजनीति र संगठनात्मक पहुँचका आधारमा सुस्मालाई दुःख दिए। किमो दिन समेत अवरोध गरी उनले चरम अमानविय ब्यवहार देखाएका थिए। छोरावुहारीको उक्साहट र दवावमा उनकै ८४ वर्षकी आमा शोभा रिजालले दिएको जाहेरीका आधारमा सुष्मा पक्राउ परेकी थिईन ।

यसैगरी, जिहादीको विरोध र हिन्दुत्वको पक्षमा सुरु भएको रास्ट्रिय एकता अभियानको प्रदर्शन दवाउन भुमिका निर्वाह गरेका कारण पनि उनी विवादमा आए । यो प्रकरणमा उनीमाथि पाकिस्तानी दुतावासको दानापानी खाएको आरोप लागिरहेको छ।
उनले अभियानका अध्यक्ष विनय यादबलाई दुःख दिन तारेखमा राख्ने, थुन्दिने भन्दै धम्की दिने लगायतका काम गरे । 

काठमाडौँ भ्यूटावरमा काम गर्ने भारतीय पेटी ठेकेदारलाई ज्यान मार्ने धम्की दिएको, उनको सामान कब्जा गरेको र काम गरे वापतको भुक्तानी नदिएको बिषयमा रिपोर्टिङ्ग गर्न गएको ‘नेपाल आज’को टीमलाई दुर्ब्यवहार गरे। भेटवालले पत्रकारलाई दुब्र्यवहार गरेको र सञ्चार सामग्री तोडफोड गरेको िविषयमा दिएको निवेदन समेत सिंहले वेपत्ता वनाएर संचार विरोधी काम गरे ।

यतिमात्रै होईन, धम्क्याउँदा र थर्काउँदा दुई÷चार पैसा झर्ने ठाउँमा उनले आफनो पदको दुरुपयोग गर्न कुनै कसर वाँकी राखेनन् । सुन पसल व्यवसायी पवन विकलाई प्रहरीले यौनकर्मीसँग डिल गरेको आरोप लगाउँदै पक्राउ गरेको घट्ना होस वा भक्तपुरको सूर्यविनायक बस्ने राजकुमार श्रेष्ठलाई लकडाउन उलंघन गरेको विषयमा पक्राउ गरेको विषय किन नहोस हरेक घट्नामा एसएसपी सिंह आलेचित भए ।

उनले मातहतका प्रहरीलाई ‘आज कति मान्छे उठाइस्’ भन्दै हरेक दिन रिपोर्टिङ खोज्ने गरेका थिए । हिरासत रित्तै भयो भने ‘के हेरेर बसिराछस्’ भन्दै उलने थर्काउन थालेपछि मातहतका डिएसपीहरु पनि चिया पसल देखि दवाई पसलसम्म खटिएर मान्छे पक्राउ गर्न थाले । उनले त्यस वेला काठमाडौंका प्रहरी वृत्तहरूबीच ‘कसले धेरै मान्छे उठाउने’भन्ने प्रतिस्पर्धा नै चलाएका थिए ।

सिंहको कार्यकालमा एकै दिन एउटा वृत्तले ५० देखि १ सय जनासम्म सर्वसाधारण उठाएको रकेर्ड छ। वृत्तका प्रमुखहरुले एसएसपी सिंहले नै आफ्नो काम देखाउन र अंक बढाउनका लागि ‘स्विप अपरेसन’का नाममा सर्वसाधरण उठाउन दबाब दिएपछि आफुहरु लागि परेको वताउने गरेका थिए ।
यो पनि

धमाकेदार एसएसपीको पाकिस्तान प्रेम (भिडियोसहित)

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पिडित सुष्मालाई एसएसपीको सास्ती

पाकिस्तान प्रेम पाकिस्तानी दुताबास एसएसपी असोक सिंह

विशेष