News

न्यायाधिशहरुलाई चोलेन्द्रको चुनौतीः आफै वसे इजलासमा

न्यायाधिशहरुलाई चोलेन्द्रको चुनौतीः आफै वसे इजलासमा

राजिनामाका लागि चौतर्फी दवाव खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा इजलासमा बसेका छन् । राजीनामा माग गर्दै न्यायाधीशले मुद्दा हेर्न छोडपछि उनी आफै इजलासमा वसेका हुन ।

अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । आफ्नो एकल इजलासबाट उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् । अदालतको अपपहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा अन्य केही कसुर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् ।

प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेको पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी थियो भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा थिए।

अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गरेर इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलास तोकेर उनीहरुलाई चुनौती दिन खोजेका हुन ।  इजलास बहिस्कार गर्ने न्यायाधीशहरूले आजै आन्तरिक छलफल गर्दैछन् । विगत ३ दिन देखि विवादका कारण सर्वोच्चमा सुनुवाइ अवरुद्ध हुँदै आएको छ ।

सोमबार र मंगलबार अरु न्यायाधीशको राखे पनि उनले आफ्नो इजलास राखेका थिएनन् । तर लगतारमा छलफलमा जुटेका अरु न्यायाधीशले मुद्दा नहेरेपछि जबराले आफैं इजलास राखेर मुद्दा हेर्न थालेका हुन् । 

चोलेन्द्रशम्शेर जबरा

विशेष