News

प्रधानमन्त्री देउवाद्वारा न्यायाधिशहरुको वचाउ, ओलीको अभिब्यक्ति गैरजिम्मेवार

प्रधानमन्त्री देउवाद्वारा न्यायाधिशहरुको वचाउ, ओलीको अभिब्यक्ति गैरजिम्मेवार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिब्यक्ति गैरजिम्मेवार भएको जिकिर गर्दै न्यायाधिशहरुको वचाउ गरेका छन् ।

बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा देउवाले यस्तो जिकिर गरेका हुन । प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्नु गैरजिम्मेवारी भएको उनले वताए ।

‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन’– उनले भने। संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै उनले त्यसको विरोध नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सचेत गराएका छन् ।

मंगलबार एमाले अध्यक्ष ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए ।

अदालतसँग जोडिएका अरु सवालमा सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने देउवाले बताए । उनले अघि भने, ‘न्यायालय सम्बन्धमा जे उठेका सवालहरु छन्, त्यसबारे सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन ।’

साथै उनले गजेन्द्र हमाल कांग्रेसको मान्छे भएको र बस्न नसक्ने भएपछि राजीनामा दिएको समेत दाबी गरे ।
 

शेरबहादुर देउवा

विशेष