News राजनीति

वाग्मती : शाक्यले दिईन राजीनामा, राजेन्द्र पाण्डे मुख्यमन्त्री वन्ने पक्का

वाग्मती : शाक्यले दिईन राजीनामा, राजेन्द्र पाण्डे मुख्यमन्त्री वन्ने पक्का


वाग्मती प्रदेशको वुधवारको वैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् ।

प्रदेशको समृद्धिका लागि प्रतिपक्षीको भूमिकामा रहेर पनि रचनात्मक काम गर्ने उनले प्रतिबद्धता जनाउँदै प्रदेशको समाजवादउन्मुख कार्यक्रमको खाका सार्वजनिक गरिन। छोटो समयमा उल्लेख्य काम गर्न सक्ने भए पनि आफूले काम गर्न नपाएको भन्दै समाजवाद उन्मुख कार्यक्रमको खाका आफूले ल्याएको बताइन् ।

मुख्यमन्त्री शाक्यले मन्त्री तथा सांसदहरुसँग मतविभाजनको प्रक्रियामा अगाडि बढ्ने वा राजीनामा दिएर मार्गप्रशस्त गर्ने विषयमा आन्तरिक छलफल गरेकी थिइन् । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलनिकट सांसदहरुले प्रक्रिया अगाडि बढ्नुपर्ने बताए पनि शाक्य निकट सांसदले राजीनामा दिन सुझाएका थिए ।

प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ तर विपक्षी गठबन्धनसँग ५९ मत छ । सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् । 

शाक्यको राजिनामासँगै वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र पाण्डे बन्ने भएका छन् । वाग्मतीमा नेकपा (एस) र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । 

अष्टलक्ष्मी शाक्य

विशेष