विवेकशिल साझा आधिकारीक रुपमै संघीयता खारेजीको पक्षमा

विवेकशील साझा पार्टी अब आधिकारिक रूपमै सङ्घीयताको खारेजी र धर्मनिरपेक्षताको विरोधमा लाग्ने भएको छ।
विवेकशील साझा पार्टीको विहिवार सम्पन्न केन्द्रिय समिति वैठकवाट पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको प्रस्ताव पारित गरेपछि पार्टी सङ्घीयता र धर्मनिरपेक्षताको विरोधमा उभिएको हो।
बैठकले अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ दस्तावेज दुई तिहाई बहुमतले पारित गरेको छ। प्रवक्ता शरदराज पाठकका अनुसार केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले मिश्रको दस्तावेज सर्वसम्मतिले अनुमोदन गरेका हुन् । मिश्रको दस्तावेजमा स्थानीय तहको पुनर्संरचना र सुदृढीकरण गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राखिएको छ ।
बैठकले अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी पार्टीको विधान पनि संशोधन गरेको छ । पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो ।
विवेकशील साझाको अध्यक्षमा मिश्र छन् भने संयोजकमा मिलन पाण्डे रहेका छन्। आजको बैठकमा संयोजक पाण्डे पक्षका केन्द्रीय सदस्यको भने उपस्थिति थिएन।
बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय गरेको पाठकले जानकारी दिए ।
यो पनि
विवेकशिल साझाको ‘पाण्डे समुह’ नेकपा एसमा प्रवेश गर्ने चर्चाले राजनीतिमा तरंग
मिलन पाण्डे विवेकशिल साझा