संसद अधिवेश अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस
संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले शुक्रबार रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको हो ।
संसद्को चालु अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा एमालेले अधिवेशन अवधिभर अवरोध गरेको थियो ।
एमालेको अवरोधबीच संघीय संसद्को चालु अधिवेशनले बजेट पारित गरेको थियो । बजेट पारित गर्नुका अलावा संसद्को यो अधिवेशनले अन्य काम भने गर्न सकेन ।