News

प्रचण्डलाई चिन्ताः नेकपा तीन टुक्रा भयो, चार वटा हुने खतरा छ

प्रचण्डलाई चिन्ताः नेकपा तीन टुक्रा भयो, चार वटा हुने खतरा छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चोईटा–चोईटा भएकोमा चिन्ता ब्यक्त गरेका छन। नेकपा फुटेर तीन वटा भएको र चार वटा हुने खतरा रहेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।

बिहीबार चितवनको माडीस्थित हनुमानझुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले नै पहल गरेर बामगठबन्धन हुँदै नेकपा निर्माण गरेको तर, त्यो अप्राकृतिक तरिकाले विभाजन भएको बताए । 

नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रमध्ये कुन फुटेर अर्को पार्टी बन्दै छ ? भन्ने विषयमा भने प्रचण्डले केही ब्याख्या गरेका छैनन् ।

उनले भने–‘मेरै प्रस्तावमा वाम गठबन्धन गरेर साझा घोषणा पत्र र उम्मेदवारसहित निर्वाचनमा गएका थियौं । एक अध्यक्षलाई प्रधानमन्त्री बनाउने भनेर मैले पहिल्यै प्रतिबद्धता जनाएको थिएँ । त्यसबेला ओलीजीलाई ल्याएर माडीलाई मणी बनाउने भनेका थियौं। तर, अहिले दुर्भाग्य भनौं, पार्टी बडो प्राविधिक तरिकाले, बडो अप्राकृतिक तरिकाले दुइटा भयो । अहिले तीन वटा भएको छ । अझै चारवटा हुनसक्ने खतरा छ।’
 

प्रचण्ड

विशेष