News राजनीति

कांग्रेसलाई पहिलो गाँसमै ढुंगाः राजेन्द्र पाण्डले भने– आलोपालो सहमति भएको छैन

कांग्रेसलाई पहिलो गाँसमै ढुंगाः राजेन्द्र पाण्डले भने– आलोपालो सहमति भएको छैन

बागमती प्रदेशमा सरकार चलाउने विषयमा सत्ता गठवन्धनका दलहरु नेपाली कांग्रेस र नेकपा एसमा अझै पनि तानातानको अवस्था छ। वाग्मती प्रदेशको सरकार कस्ले चलाउने भन्ने विषयमा सहमति हुन नसकेपछि आधा–आधा कार्यकालका लागि सहमति गरेका दुवै दलविच अहिले पनि ‘मौका पाउँला र छोपौंला’ भन्ने अवस्था छ।

नेकपा एसका संसदिय दलका नेता एवम् प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली कांग्रेससँग आधा–आधा कार्यकाल सरकार चलाउने विषयमा कुनै सहमति नभएको दाबी गरेका छन्। बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले ‘सजिलोका लागि कसैले भनिदिएको’ होला, तर अवको पूरै अवधि बागमती प्रदेश आफूले चलाउने वताए। 

‘कहिलेकाहीँ सजिलोका लागि मान्छेले के–के भनिरहन्छन् नि। अस्ति एक जना साथीले एकीकृत समाजवादी र माओवादी मिल्छ भनेर ठोक्दिनु भयो। त्यस्तो सल्लाह नै भएको थिएन’ उनले भने–‘कांग्रेससँग त्यस्तो कुनै सहमति भएको छैन, वाँकी पुरै अवधी सरकारको नेतृत्व मैले गर्छु ।’

गत बिहीबार एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आलोपालो सत्ता चलाउने सहमति भएको बताइएको थियो। प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भए पनि कांग्रेसले आफ्नो नेतृत्वको दाबी नछोडेपछि नयाँ सहमति भएको जनाइएको थियो।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि बुधबार राजिनामा दिँदै बाहिरिएकी छन्। एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा छन्। त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएपनि पाण्डेले अस्वीकार गरेका छन्।

यो पनि

वाग्मती : शाक्यले दिईन राजीनामा, राजेन्द्र पाण्डे मुख्यमन्त्री वन्ने पक्का

अष्टलक्ष्मी शाक्य बागमती प्रदेश राजेन्द्र पाण्डे

विशेष