News अपराध सुरक्षा

शक्तिकेन्द्रको चलखेल र नेताहरुको चाकरीले पाकिस्तानी एजेन्ट एसएसपी सिंहको सरुवा रोकियो

शक्तिकेन्द्रको चलखेल र नेताहरुको चाकरीले पाकिस्तानी एजेन्ट एसएसपी सिंहको सरुवा रोकियो

महानगरीय प्रहरी परिसर काठमाडौंबाट एसएसपी अशोक सिंहले शक्तिकेन्द्रमा दौडधुप र नेताहरुको चाकरी गरेर सरुवा थमौती गरेका छन् । आकर्षक ठाउँवाट रातारात भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएपछि एसएसपी सिंह शक्तिकेन्द्र र गठवन्धनका नेताहरुको चाकरीमा लागेका थिए ।

प्रधानमन्त्री पत्नी आरजुको दबाबमा गृहमन्त्री वालकृष्ण खाँडले आफनो काज सरुवा गरेको थाहा पाएपछि उनी नेताहरुको घर–घरमा पुगेर रोईकराई गरे। अन्ततः उनको सरुवा रोक्न प्रधानमन्त्री शेरवहादुर देउवा नै लाग्नु परेको वताईन्छ। देउवाले गृहमन्त्री खाँडलाई वोलाएर सिंहको सरुवा रोक्न दवाव दिएका थिए । जसका कारण एसएसपी सिंहको सरुवा कार्यान्वयनमा आएको छैन।

एसएसपी सिंह माथि पाकिस्तानी दुतावासको दानापानी खाएको, काठमाण्डौं भ्यूटावरका मुख्य ठेकेदार मनोज भेट्वालसँग अनुचित फाईदा लिएको र वढुवाको लाईन मिलाउन प्रहरी संगठनको आचारण विपरित काम गरेको आरोप लाग्दै आएको छ। उनले प्रोफाईल वनाउने नाममा सर्वसाधारणलाई जथाभावी पक्राउ गर्ने र राजनीतिक दवावमा र आर्थिक प्रलोभनमा अपराधिको संरक्षण गर्ने गरेको प्रहरी संगठनमै चर्चा हुने गरेको छ। 

तर, चाकरीकै भरमा उनको सरुवा रोकिएपछि काठमाण्डौं परिसरमा पठाईएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का एसएसपी सुदिप गिरी पनि त्यसै थन्किएका छन् । उनी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन् ।

यसैगरी, असोज महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट काम गरेको भन्दै ‘हाइ इन्टिग्रिटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा उल्लेख हुने गरी नगदसहित पुरस्कृत (कात्तिक ६ गते) गरिएका इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका डीएसपी मदन कुँवरको जिम्मेवारी खोसियो ।

फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको भन्दै पुरस्कृत गरिएका उनलाई त्यसको भोलिपल्टै कारवाहीको शैलीमा प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा काज सरुवा गरियो। उनको ठाउँमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा, तनहुँमा कार्यरत डिएसपी ठगबहादुर केसीलाई काज सरुवा गरिएको छ। जानकारी अनुसार ४ महिना नपुग्दै उनलाई कार्यरत स्थलवाट सरुवा गरिएको हो ।

प्रहरी नियमावली २०७१ अनुसार जिम्मेवारी सम्हालेको १ वर्ष नपुगी सामान्यतया सरुवा नगर्ने उल्लेख छ। तर, कुँवर भने जिम्मेवारी सम्हालेको ४ महिनामै सरुवा भए। उनको सरुवामा खुलाउ उल्लेख्य कारण प्रहरी संगठनसँग छैन । तर, गृहमन्त्री वालकृष्ण खाँडको ठाडो आदेशमा उनको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

उनको सरुवमा गृहमन्त्रीका भाइ तथा रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाण नै लागि परेको वताईन्छ। मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ गर्न भूमिका खेलेपछि उनको सरुवा गरिएको स्रोतको दाबी छ।

यसैगरी, राजनीतिक शक्तिकेन्द्रको दवावमा सरुवा गरिएका अर्का पात्र हुन्, डीएसपी विश्वराज खड्का। उनलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारी दिईएको छ। उनी पूर्वगृहमन्त्री तथा कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका भतिज हुन्। खड्काले नै उनलाई राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण गराएका थिए। पटक–पटक कारबाही भोगेका उनै विवादित पात्रलाई सुटुक्क काज निकालेर दरबारमार्गको जिम्मेवारी दिइएको छ। 

यसअघि महानगरीय प्रहरी वृत्त बालाजु र इलाका प्रहरी कार्यालय गजुरी (धादिङ)मा रहँदा प्रहरी आचरण विपरीत काम गरको भन्दै खड्कालाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको थियो। महानगरीय प्रहरी परिसर ललितपुरमा रहँदा त उनी १ लाख रुपैयाँको घुस काण्डमा मुछिएका थिए। उनै विवादित पात्रलाई अहिले ‘पुरस्कार स्वरुप’ दरबारमार्गको जिम्मेवारी दिइएको छ। 

प्रहरी नियमावली २०७१ अनुसार प्रहरी उपरीक्षक (एसपी) सम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षक (आईजीपी)लाई हुन्छ। त्यसैको फाईदा उठाएर पछिल्लो समय राजनीतिक पुर्वाग्रह तथा आफन्तलाई आकर्षक ठाउँमा पुर्याउन प्रहरी अधिकारीको सरुवा तथा थमौतीको सृंखला चलिरहेको छ। जसमा प्रधानमन्त्री देउवा, प्रधानमन्त्री पत्नि आरजु, भतिजा भानु र प्रकाश देउवासम्मको भुमिका छ।

आफू निकटकालाई आकर्षक ठाउँमा सरुवा गर्न र मन नपरेकालाई हटाउन प्रहरी नियमावलीको दुरुपयोग गर्दै राजनीतिक शक्तिकेन्द्रले प्रहरीमा चलखेल गरिरहेको प्रहरी प्रधान कार्यालयका अधिकारीहरु बताउँछन्। 

यो पनि

धमाकेदार एसएसपीकोे सरुवा, जस्ले क्यान्सर पीडित महिलालाई पनि छोडेनन

धमाकेदार एसएसपीको पाकिस्तान प्रेम (भिडियोसहित)

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पिडित सुष्मालाई एसएसपीको सास्ती

पाकिस्तानी दुताबास एसएसपी असोक सिंह

विशेष