News राजनीति

कम्युनिष्टले सरकार चलाउन नसकेपछि कांग्रेस अगाडि सर्योः मन्त्री रिजाल

कम्युनिष्टले सरकार चलाउन नसकेपछि कांग्रेस अगाडि सर्योः मन्त्री रिजाल

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले कम्युनिष्टले सरकार चलाउन नजानेपछि कांग्रेस अघि सर्नु परेको दावी गरेका छन् ।

कांग्रेस छथर जोरपाटी गाउँपालिका–६ को वडा पार्टी कार्यालय उद्घाटन गर्न धनकुटा आएका मन्त्री रिजालले कम्युनिष्टले देश हाक्न नसकेको वताए । कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्न तयार रहेको भए पनि कम्युनिष्टहरूले देश हाँक्न नजानेपछि सरकारमा जानुपरेको उनले प्रष्ट्याए ।

कांग्रेसको आगामी महाधिवेशन सकेसम्म सहमतिमै हुनुपर्ने उनको भनाइ छ । तर, सहमति नभए प्रतिष्पर्धाबाट चुनिएका नयाँ नेतृत्वले संगठनलाई पुनःऊर्जा गर्ने मन्त्री रिजालले बताए ।

यो महाधिवेशनमा रुखको पुराना पात झरेर नयाँ पात पलाउनु पर्ने उनी बताउँछन् । रिजालले महाधिवेशनमा नयाँ नेतृत्व उदय हुने दावी गर्दै पुरानो नेतृत्वलाई ‘रुखको पुरानो पात झरेर नयाँ पात पलाउने’ वताए ।

पार्टीमा नयाँ नेतृत्व आउन जरुरी रहेको भन्दै उनले यस महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउनु पर्ने बताएका थिए । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले सकेसम्म सहमति र सहमति नभए स्वस्थ प्रतिष्पर्धाबाट पार्टीको संगठनलाई पुनःउर्जा प्रदान गरिनुपर्ने बताए।

विशेष