News

महोत्तरीमा वोक्सो भन्दै ५० वर्षका झपसीलाई मलमुत्र खुवाईयो

महोत्तरीमा वोक्सो भन्दै ५० वर्षका झपसीलाई मलमुत्र खुवाईयो

बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएका घट्ना नेपालमा सर्वत्र छन् । तर, महोत्तरीको औरही नगरपालिका ९ अगल्शेराका एक पुरुषलाई ‘बोक्सो’ भन्दै कुटपिट र मलमूत्र खुवाईएको छ।

५० वर्षीय झपसी ठाकुरलाई छिमेकीहरुले बिहीबार राति कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् । ठाकुरका छिमेकी ४० वर्षीया रामशीला देवी मण्डल, उनका छोरा १६ वर्षीय रामउदेश मण्डल, रामशीलाका आफन्त ३५ वर्षीया दुखिया देवी र उनका छोरा १५ वर्षीय कृष्ण मण्डलले ठाकुरलाई कुटपिट गरेको र मलमूत्र खुवाएको वताईएको छ।

रामरशिलाले ठाकुरले नै ‘टुनामुना गरेर’ आफनो पतिको मृत्यु भएको र छोरा रामउदेश मोटरसाइकल दुर्घटनामा परी घाइते भएको आरोप लगाएपछि घट्ना कुटपिटसम्म पुगेको थियो । रामशीला र उनका आफन्तले ठाकुरलाई कुटपिट गरी मलमूत्र खुवाएको प्रहरीले जनाएको छ।

पीडक विरुद्ध प्रहरीमा उजुरी परेको प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए। जानकारी अनुसार रामशीलाका श्रीमानको अत्याधीक मदिरा सेवनका कारण दसैंअघि मृत्यु भएको थियो । उनी ठाकुरसँगै बसेर मदिरा सेवन गर्ने निकटका साथी मध्ये एक रहेको स्थानीयहरु वताउँछन् ।

ठाकुरमाथि लाठी र हसिँयासमेत प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घाईते उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले रामशीलालाई नियन्त्रणमा लिएको छ भने अन्य ३ जना फरार छन् ।
 

विशेष