नेपाल आजको कार्यक्रमका बक्तालाई चोलेन्द्र बिरोधी वकिलको रामधुलाई (भिडियोसहित)
- Exclusive: न्यायाधिशहरुको रासलिला, मदिरापान र सेटिङको खुलासा
- (न्यायाधीशहरुको हडताल गैरकानुनी भन्दै गर्जिए सरोकारबालाहरु)
- आज बेलुका ६ बजे नेपाल आजको युट्युव च्यानलमा
सर्वोच्च अदालतमा केही दिनदेखि देखिएको विवाद कानुन व्यवसायीबीच कुटाकुटसम्मको अवस्थामा पुगेको छ । नेपाल बार एशोसिएसनकै परिसरमा एक वकिलले अर्को वकिललाई लात्ती हानेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको समर्थन गरेको रिसमा अधिवक्ता विराट न्यौपानेले अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई लात्ती हानेका हुन । शुक्रबार मध्यान्ह न्यौपानेले चुँडाललाई कुटपिट गरेको प्रत्यक्षदर्शी अधिवक्ताले वताए ।
नेपाल आजले विहिवार नेपाल वार एसोसिएसनकै सभाहलमा आयोजना गरेको ‘सवाल जवाफ’ कार्यक्रममा चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राखेका थिए ।सोही विषयमा न्यौपानेले विवाद निकालेर उनलाई शुक्रवार कुटपिट गरेको उनीहरुको भनाई छ।
न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् । चोलेन्द्रको बिरोधमा हडताल गर्ने न्यायाधीशहरुले नै उचालेर अधिवक्ता चुँडाललाई कुटपिट गरिएको वुझिएको छ।
न्यायाधीशहरुको रासलिलाको बारेमा खुलासा गर्ने सावित्री सुबेदीलाई धम्की आएको बुझिएको छ। उनले केही न्यायाधीशका गोप्य कुरा खुलासा गरेकी थिईन।
नेपाल बार एशोसिएसनको परिसरमा एक वकिलले अर्को वकिललाई कुटपिट र लात्ती हानेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।