News राजनीति

ओली र प्रचण्डको सवाल जवाफ : डेढ लाखको पलङदेखि करोडौको नुहाउने सामानसम्म

ओली र प्रचण्डको सवाल जवाफ : डेढ लाखको पलङदेखि करोडौको नुहाउने सामानसम्म

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले ‘पुर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षक केपी शर्मा ओलीले नुहानका लागि मात्रै पनि विदेशवाट करोडौंको सामान वालुवाटारमा थुपारेको’ भन्दै आलोचना गरेपछि ओलीले त्यसको खण्डन गरेका छन् ।

‘पहिले नै प्रचण्ड डेढ लाखको खाटमा सुत्यो भन्थे। उनैले मलाई करोडौँको सामान किनेछ भनेछन’, ओलीले भने, ‘म त श्रीमतीले पकाएको अलिकति खाएर बस्छु म अनि कि चाहियो करोडौँका भाँडाकुँडा? मलाई त एउटा रोटीले पेट भरिन्छ अनि किन जोड्नु विलाशी सामान?

उनले प्रधानमन्त्रीको निवासमा सुरक्षाका लागि नेपाली सेनासहितका सुरक्षाकर्मी बस्ने भन्दै उनीहरुका लागि सामान जोडिँदा आफूले थुपारेको आरोप प्रचण्डले लगाउन खोजेको उनले बताए।

‘प्रधानमन्त्रीको सरकारी निवासमा सेना बस्छ। सेनाले पकाउनुपर्यो, खानुपर्यो’, उनले भने, ‘उनीहरुका लागि मेरी श्रीमतीले पकाएको खानाले त पुग्दैनथ्यो। उनीहरुलाई सामान किन्दा मैले करोडौँका जोडेको आरोप लगाएछन् चितवन पुगेर।’

ओलीले प्रचण्डसहितलाई खान पाइएन भन्ने चिन्ता रहेको बताए। ’उनीहरु जोगी हुन होइन, धनी हुन सत्तामा गएका हुन’, ओलीले भने, ‘राजनीतिक, वैचारिक रुपमा हामी देश बनाउने संकल्पमा छौँ।’

यसअघि प्रचण्डले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास दरबारजस्तो बनाइएको र विदेशबाट महँगा–महँगा सामान ल्याएर प्रयोग गरेको आरोप लगाएका थिए ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट प्रयोग गर्यो भनेर हल्ला चलाइएको तर ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौं करोडौंको सामान ल्याएर प्रयोग गरेको प्रचण्डको आरोप थियो।

‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भाछ रे ।’ प्रचण्डले थपे, ‘नुहाउनका लागि ल्याएको अरबौं, करोडौंको छ ।’

विदेशबाट महँगा सामान ल्याएर प्रयोग गरिएकोबारे गठबन्धनमा छलफल भएको भन्दै प्रचण्डले त्यो सार्वजनिक हुँदै जाने पनि बताए । ‘अस्ति हामीले कुराकानी गर्यौं गठबन्धनमा । यो कुरा त जनतालाई थाहा हुनुप¥यो। अरबौंको सामान विदेशबाट ल्याउने प्रधानमन्त्री र म जिन्दगीभर प्रधानमन्त्री हुन्छु भन्ने देख्ने प्रधानमन्त्रीलाई नेपाली जनताले चिन्न पर्यो र आउने चुनावमा के सजायँ दिनुपर्ने हो जनतालाई नै फैसला गर्न दिनुपर्यो । यो कुरा अझ बिस्तारै आउँदैछ के के सामान भन्ने कुरा ।’
 

पुस्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओली

विशेष