News

प्रचण्डको प्रश्तावः माओवादी र जसपा मिल्दा मधेशमा एकल वहुमत आउँछ, पार्टी एकता गरौं

प्रचण्डको प्रश्तावः माओवादी र जसपा मिल्दा मधेशमा एकल वहुमत आउँछ, पार्टी एकता गरौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचन्ड’ले माओवादी र जसपा मिल्दा मधेशमा एक्लो बहुमत आउने भन्दै दुई पार्टी एकता गर्न प्रस्ताव गरेका छन् ।

जसपा निकट रामेश्वर प्रसाद यादवको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसन माओवादीसँग बिलय भएको कार्यक्रममा बोल्दै प्रचन्डले ढिलो नगरी पार्टी एकता गर्न प्रश्ताव गरे । सर्लाहीको सदमुकाम मलंगवामा आयोजित कार्यक्रममा उनले भने–‘घिँउ कहाँ पोखियो थालमा । ढिलो नगरि पार्टी एकता गरौँ ।’

पार्टीको घोषणा सभा जनकपुरमै गर्न पनि उनले आह्वान गरेका छन् । क्षेत्रिय पार्टीबाट मधेशि जनताको नि विकास नहुँने र पहाडी जनताको पनि विकास नहुँने भन्दै उनले थपे–‘गठबन्धन त गरेका छौँ । एकै पार्टी बनाउँ । तपाइलाइ चाहिले सम्मान र अधिकार दिन कन्जुस्याइ गर्नेछैनौँ ।’

माओवादी र जसपा मिल्दा मधेशमा एक्लो बहुमत आउने भन्दै प्रचन्डले यस्तो प्रस्ताव गरेका हुन । यस्तै फरक प्रशंगमा प्रचन्डले प्रधानमन्त्री शेरबहादुर देउवा बिदेशबाट आएपछि पहिलो काम नागरिकताको गर्ने बताए । उनले भने, ‘सबै प्राविधिक कुरा भन्दिन । हेर्नुहोला प्रधानमन्त्रि फर्किएपछिको पहिलो काम नागरिकताको ऐन परित गरिनेछ ।’
 

पुस्पकमल दाहाल ‘प्रचन्ड’

विशेष