News

चोलेन्द्रलाई राजिनामा गराएर ‘कार्पेट मुनि फोहोर राख्ने’ षडयन्त्र हुँदैछ

चोलेन्द्रलाई राजिनामा गराएर ‘कार्पेट मुनि फोहोर राख्ने’ षडयन्त्र हुँदैछ

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले सर्वोच्च अदालतको समस्या विस्फोटक अवस्थामा पुगेपछि चोलेन्द्रशमशेर जबरालाई राजिनामा गराएर फेरी पनि कार्पेट मुनि नै फोहोर राख्ने षडयन्त्र भईरहेको वताएका छन् ।

दुई दिनअघि एउटा युट्युव च्यानललाई अन्तर्वार्ता दिएका अधिवक्ता न्यौपानेले लामो समयदेखि न्यायपालिकामा समस्या देखिदै आएपछि त्यसलाई थामथुम पार्दै आएको र यस पटक पनि त्यही षडन्त्र सुरु भएको वताए । ‘मेरो चै के भनाई हो भने हामीसँग संविधान छ। प्रधानन्यायाधिश कसरी पद मुक्त हुन्छ भन्ने ब्यवस्था पनि छ। प्रधानन्यायाधिश छनौट कसरी गर्ने भन्ने ब्यवस्था पनि छ’ उनी भन्छन्–‘प्रधानन्यायाधिश नियुक्त भईसकेपछि हामी कानुनका शासनका कुरा मान्यता गर्ने वकिल÷न्यायाधिश छौं भने वहाँलाई कानुनी वाटोवाट नै हटाउनु पर्यो । जवरजस्तीवाट हटाउने हो भने कानुनी वाटो किन राखेको ?’ 

प्रधानन्यायाधिश प्रकरणले न्यायपालिकामा देखिएको समस्याका विषयमा सोधिएको प्रश्नमा नेपालका लागि नेपाली पार्टीका अध्यक्षसमेत रहेका न्यौपानेले भने–अदालतको समस्या अहिलेको मात्रै समस्या होईन। वहुदल आएपछि ०४७ सालमा अदालतमा ठुलो संख्यामा रािजनीतिक मान्छे प्रवेश गरे। तिनीहरुले राम्रो काम गरिदिएको भए राजनीतिवाट आएका मान्छेपनि राम्रो काम गर्दा रछन भनेर मान्यता दिन सकिन्थ्यो। तर, जति राजनीतिक मान्छे प्रवेश गरे, ति सवै विवादमा परे। गोपाल पराजुली, दिपकराज जोशीलगायतका धेरै मान्छे विवादमा परे। अहिले चोलेन्द्र शमशेर राणा पनि राजनीतिक नियुक्ति नभए पनि केरियरवाट आएका होईनन् । उनी अर्कै वाटोवाट आए ।

अहिले जति अदालतमा देखिएको समस्या छ, यो राजनीतिक नियुक्तिका मान्छे अदालत छिराउँदाको समस्या हो। अदालत चै राजनीतिभन्दा वाहिर हुनुपर्छ भन्ने संसारभरीको मान्यता छ। तर, हाम्रो यो संविधानले राजनीतिक नियुक्ति गर्ने संवैधानिक अंगमा (संवैधानिक परिषदमा) सर्वोच्च अदालतका न्यायाधिशलाई भाग दियो। यो किन दियो त ? यसको पछाडिको कारण होला। किन दियो भने राजाको अधिकार जवरजस्ती खोसियो । अव त्यो संविधान फ्याकेर राजालाई विदा गरेपछि राजाको अधिकार त आयो। अव राजाको अधिकार भाग लगाउनु पर्छ । न्यायपािलकामा पनि राजाको अधिकार केही भाग दिएन भने हामीले त जवरजस्ती गरेका छौं, कथमकदाचित न्यायाधिशलाई खुसी वनाईएन भने न्यायाधिशहरुले मुद्दामा वदर गरिदिन सक्छन है... हाम्रो काम कारवाही भनेर न्यायाधिशलाई खुशी पार्न संवैधानीक परिषदमाा न्यायपरिषदको मान्छे राखियो ।

न्याय परिषदमा पनि हिजो राजनीति गरेर नेपालमा परिवर्तन गराउने वकिलहरुलाई पनि ठाउँ दिनुपर्छ भनेर राजनीतिक मान्छेहरुलाई अदालतमा प्रवेश गराईयो । अझ कांग्रेसले त के पनि गर्यो भने– नेपाली कांग्रेसको सचेतक पुस्पा भुसाल अस्ति भन्दै हुनुहुन्थ्यो, मलाई त्यतिखेरै न्यायपालिकामा जाने प्रश्ताव गरेको थियो । तपाई न्यायपालिकमा जानु हुन्छकी राजनीति गर्नु हुन्छ भने। मैले न्यायपालिकामा जान्न, राजनीति गर्छु भनें । त्यतिवेला म न्यायपालिकामा छिरेरको भए प्रधानन्यायाधिश भई सक्नेरछु। अहिले चै म मन्त्री हुन पनि पाएको छैन भन्ने वहाँले गुनासो गर्नु भो । 

त्यो के हो भने एउटा हातमा राजनीतिक पार्टीको टिकट, एउटा हातमा न्यायाधिशको नियुक्ति राखेर रोज्न लगाईयो । गोपाल पराजुलीले न्यायाधिश रोजे, राजनीति छोडदिए। र हरेक जिल्लामा जो मान्छे आए, त्यहाँ कांग्रेसको प्रतिस्पर्धी जो जो मान्छे थियो त्यो प्रतिस्पर्धिलाई आफनो वाटो सफा गर्नका लागि ति अधिकांश मान्छेलाई न्यायाधिशमा छिराईयो । अहिले आएर यो परिणाम दियो। अहिलेसम्म समस्यालाई थामथुमे पाराले किनारा लगाईदै आईयो। ज्वरो आयो, सिटामोल ख्वाई दिने। अहिले पनि चोलेन्द्रशमशेरको केस विष्फोटक अवस्थामा अयो। अव विस्फोटक अवस्थामा आएका वेलामा चोलेन्द्र शमशेरलाई राजिनामा गरेर फेरी यो थामथुम गर्ने । यो फोहोर फेरी कार्पेट मुनिनै राख्ने एउटा षडयन्त्र हुँदैछ।

न्यायाधिशहरुको रासलिला, मदिरापान र सेटिङको खुलासा (भिडियोसहित)

नेपाल आजको कार्यक्रमका बक्तालाई चोलेन्द्र बिरोधी वकिलको रामधुलाई (भिडियोसहित)

चोलेन्द्रलाई महाअभियोग नलगाउने गठवन्धनका शिर्ष नेताको आन्तरिक सहमति

प्रतिगमन सच्याउने प्रधानन्यायाधिश विरुद्ध चौतर्फी आक्रमण

चोलेन्द्रले राजिनामा दिदैमा न्यायालय चोखिन्छ श्रीमान् (हरु) ?

चोलेन्द्रशमशेर जबरा

विशेष