टिकापुरमा चक्कु प्रहार गरी किशोरको हत्या
कैलालीको टिकापुरमा शुक्रवार राती चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ ।
टीकापुर नगरपालिका–८ कालीमाटीमा स्थानीय १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या गरिएको हो ।
आपसी विवादका क्रममा भजनी नगरपालिका–३ बस्ने १८ वर्षीय किरण साउदले उनीमाथि चक्कु प्रहार गरेका थिए । चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले जानकारी दिए ।
फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।