News

कांग्रेसवाट वडाअध्यक्ष निर्वाचित धामी एमालेको गाउँपालिका अध्यक्ष !

कांग्रेसवाट वडाअध्यक्ष निर्वाचित धामी एमालेको गाउँपालिका अध्यक्ष !

नेपाली कांग्रेसको अधिवेशनमा गाउपालिका सभापतिमा पराजित भएपछि एमाले प्रवेश गरेका एक ब्यक्ति एमालेको अध्यक्षमा निर्वाचित भएका छन् ।

दार्चुलाको व्याँस गाउँपालिकामा नेपाली कांग्रेसको गाउँपालिका अधिवेशनमा पराजित भएका उम्मेदवार नेकपा एमालेको पालिका अध्यक्षमा निर्वाचित भएका हुन्। 

गत असोज १० गते सम्पन्न कांग्रेसको पालिका अधिवेशनमा सभापति पदमा पराजित मंगलसिंह धामी १७ गते एमाले प्रवेश गरेका थिए । एमालेको व्याँस गाउँपालिका अधिवेशनले धामीको अध्यक्षतामा ९१ सदस्यीय पालिका कमिटी चयन गरेको एमाले दार्चुलाले जनाएको छ। 

धामीले पालिका अधिवेशनमा आफूलाई कांग्रेसबाट धोका भएको आरोप लगाउँदै एमाले प्रवेश गरेका हुन्। उनी स्थानीय तह निर्वाचनमा कांग्रेसकोतर्फबट व्याँस गाउँपालिका–५ को वडा अध्यक्षमा विजयी भएका थिए। 


 

विशेष