News राजनीति

देउवाले गजेन्द्र हमाललाई मन्त्री वनाउनुको रहस्य खुल्यो

धान खाने मुसो, चोट पाउने भ्यागुतो

देउवाले गजेन्द्र हमाललाई मन्त्री वनाउनुको रहस्य खुल्यो

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाले आफुले सपथ लिएको ८८ दिनपछि असोज २२ गते मन्त्रिपरिषदलाई पुर्णता दिए । 

मन्त्रिपरिषदलाई पुर्णता दिने क्रममा पहिलै विवादमा परेका प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई पनि देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिए । योसँग प्रधानमन्त्री देउवा र गजेन्द्र हमालहित प्रधानन्यायाधिश जबरासमेतको तिव्र आलोचना भयो।

प्रधानन्यायाधिश जबरालाई मन्त्रालयमा भाग मिलाईएको भन्दै तिव्र असन्तुष्टी वढेपछि अन्ततः हमालले असोज २४ गते नै पदबाट राजीनामा  दिए। प्रधानन्यायाधीश जबराको नाताका कारण मन्त्री बनाइएको भन्दै सर्वत्र विरोध भएपछि उनले पदबात राजीनामा दिएका हुन् ।

तर, हमाललाई मन्त्री वनाउनुको भित्री कारण भने यतिवेला वाहिर आएको छ। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले दोस चोलेन्द्रलाई दिएपनि कांग्रेस सभापति शेरवहादुर देउवाले आफनो स्वार्थका लागि हमाललाई मन्त्री वनाएको दावी गरेका छन् । ‘वहाँलाई अहिले तत्काल लागेको अभियोग– गजेन्द्र हमाल । वहाको मृत्यु भईसकेकी श्रीमतीका दाजु’ एउटा युट्युव च्यानललाई अन्तर्वार्ता दिनेक्रममा न्यौपानेले भनेका छन्–‘वहाँहरुको विचमा त आउने जाने पनि थिएन। र चोलेन्द्र शमशेरको भन्दा हमालको पारिवारीक ब्याकग्राउण्ड नेपाली कांग्रेसको संस्थापक सरहको रछ।’

गजेन्द्रका भाई अहिले प्रदेश सभाको मन्त्री रहेको जानकारी दिएका न्यौपानेले भने–‘किन शेरवहादुर देउवाले हमाललाई चाही संसद नहुँदा नहुँदै मन्त्री वनाए भन्दा अहिले सभापतिको चुनावमा त्यो वेल्टको प्रतिष्ठित कांग्रेस भएको हुनाले उनलाई मन्त्री वनाईयो भने मलाई सभापतिको चुनावमा सजिलो हुन्छ। भन्ने दृष्टिकोण राखेर उनले गजेन्द्र हमाललाई मन्त्री वनाए ।’

गजेन्द्र हमाललाई मन्त्री वनाउँदा चोलेन्द्रको नाम जोडिनु अपवाद भएको भन्दै त्यसको फाईदा चाही देउवालाई हुने उनको वुझाई छ। उनले भने–‘यहाँ त धान खाने मुसो, चोट पाउने भ्यागुतो भने जस्तै भएको छ। दोस जति सवै राणामाथि खन्याईयो।’

मन्त्री हुनासाथ गजेन्द्र हमालले आफनो योगदान पनि हेर्न आग्रह गर्नुले पनि त्यो कुरालाई पुष्टि गर्ने जानकारहरु वताउँछन् । हमाल ०२५ सालमै नेपाली कांग्रेसमा लागेको मान्छे हुन भने उनका दाई कांग्रेसको जिल्ला सभापति हुन । उनी नेविसंघको सभापति हुँदै पार्टीको जिल्ला सभापतिसम्म भएका थिए ।

हमाल ०३१ सालमा नेविसंघ बाँकेको जिल्ला सभापति थिए भने प्रधानमन्त्री देउवा केन्द्रीय सभापति । पार्टी राजनीतिमा हमालले बाँकेमा देउवाको संगठक भएरै काम गरे । नवौँ महाधिवेशनबाट जिल्ला सभापति बनेका उनले दशौँ महाधिवेशनपछि देउवाले पार्टी फुटाउँदा उनैलाई साथ दिए । विभाजित भएर बनेको पार्टीको पनि उनी जिल्ला सभापति भए । ०६४ को संविधानसभा निर्वाचनमा बाँकेबाट कांग्रेसको उम्मेदवार बनेका हमाल माओवादी नेता तिलक परियारसँग पराजित भएका थिए ।

२८ असारको सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेपछि प्रधानन्यायाधिशलाई खुसी पार्न र आफुलाई पनि फाईदा पुग्ने भएकाले देउवाको स्वार्थमा गठवन्धनका शिर्ष नेताहरुले हमाललाई मन्त्री वनाउन कसरत गरेको वताईन्छ।
यो पनि

प्रधानन्यायाधिश राणाको समर्थनमा सेतो पट्टि वाँधेर प्रदर्शनमा उत्रिए वकिलहरु

चोलेन्द्रलाई राजिनामा गराएर ‘कार्पेट मुनि फोहोर राख्ने’ षडयन्त्र हुँदैछ

न्यायाधिशहरुको रासलिला, मदिरापान र सेटिङको खुलासा (भिडियोसहित)

नेपाल आजको कार्यक्रमका बक्तालाई चोलेन्द्र बिरोधी वकिलको रामधुलाई (भिडियोसहित)

चोलेन्द्रलाई महाअभियोग नलगाउने गठवन्धनका शिर्ष नेताको आन्तरिक सहमति

प्रतिगमन सच्याउने प्रधानन्यायाधिश विरुद्ध चौतर्फी आक्रमण

चोलेन्द्रले राजिनामा दिदैमा न्यायालय चोखिन्छ श्रीमान् (हरु) ?

शेरवहादुर देउवा गजेन्द्र हमाल चोलेन्द्रशमशेर जबरा वालकृष्ण न्यौपाने

विशेष