News

‘हल्ला र गुटबन्दीले राजनीति चल्ला, न्यायपालिका चल्दैन’ भन्दै कलाकारको प्रदर्शन

‘हल्ला र गुटबन्दीले राजनीति चल्ला, न्यायपालिका चल्दैन’ भन्दै कलाकारको प्रदर्शन

सर्वोच्च अदालतको इजलास वहिस्कार गरेको विरोधमा न्यायाधीशहरू विरुद्ध कलाकार सडकमा आएका छन् ।

इजलास बहिष्कारले सेवाग्राही मारमा परेको भन्दै उनीहरुले आईतवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे। उनीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्ड वोकेका थिए ।

प्रदर्शनका क्रममा मुद्दा सुनुवाइ गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता? स्वतन्त्रता?, न्यायमूर्तिका रूपमा स्थापित सम्माननीय न्यायाधीशहरूलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो?, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दी अन्त्य गर, न्यायाधीशहरूबाट गरिएको हडतालले न्यायमूर्तिको स्वभावले दिएन, इजलासमा बसेर न्याय देऊ, होइन भने राजीनामा देऊ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरू राजनीति, गुटबन्दी र बारमा लगायतका प्लेकार्ड प्रस्तुत गरिएको थियो।

कलाकारहरले न्यायपालिकामा गुटबन्दी सिर्जना भएकाले त्यसको विरोधमा सडक नाटक प्रस्तुत गरे।

कलाकार इजलास वहिस्कार

विशेष